राजनीतिक सम्बन्धले रोकेका अपराधका विषय अनुसन्धानको प्रक्रियामा जान्छ : गृहमन्त्री « Khabarhub

राजनीतिक सम्बन्धले रोकेका अपराधका विषय अनुसन्धानको प्रक्रियामा जान्छ : गृहमन्त्री


१० आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले विगतमा राजनीतिक सम्बन्धका आधारमा रोकिएका अपराधका विषय अब अनुसन्धानका प्रक्रियामा जाने बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको आज निरीक्षणपश्चात् सञ्चारकर्मीसँगको कुराकानीमा उनले सुशासन प्रवर्द्धनमा विगतदेखि नै हुँदै आएको अवरोध वर्तमान सरकारले चिर्ने स्पष्ट पारे।

“राजनीतिक सम्बन्धका आधारमा विगतमा जे बिथोलिएको थियो, त्यो अब हुँदैन, यो सरकारको ‘म्यान्डेड’ सुशासन हो, त्यसो हुन सकेन भने शान्तिसुरक्षा हुँदैन”, गृहमन्त्री अर्यालले भने, “छ महिनाभित्र निर्वाचन सम्पन्न गर्न शान्तिसुरक्षा बलियो हुनैपर्छ । त्यसका लागि सुशासन आवश्यक छ ।”

सुशासनको अभियानलाई तीव्र बनाउन आफूले ब्यूरोलाई निर्देशन दिएको जानकारी दिँदै गृहमन्त्रीले अनुसन्धान गर्ने निकायले व्यावसायिकता प्रदर्शन गरेर कामलाई अघि बढाउनुपर्ने बताए । “रोकिनु नपर्ने विषयहरू रोकिएका छन् तथा नयाँ सुरुआत हुनुपर्ने विषय वस्तु छन्भने त्यसलाई तुरुन्त अघि बढाउनुपर्छ भन्ने निर्देशन दिएको छु”, उनले भने ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १० : ५८ बजे

नेपालको आँखा स्वास्थ्य सेवा : मानवीय सेवासहित विदेशी मुद्रा आर्जनको नयाँ आधार

काठमाडौं– आँखा स्वास्थ्य क्षेत्रमा नेपालले पछिल्लो समय हाँसिल गरेको उपलब्धि

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन