काठमाडौंको गौरीघाटमा छठ पर्वको तयारी (तस्बिरहरू) « Khabarhub

काठमाडौंको गौरीघाटमा छठ पर्वको तयारी (तस्बिरहरू)


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा छठ पर्वको तयारी भइरहेको छ । छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाई र सजावटको कार्य सुरु भएको छ ।

विशेषगरी तराईमा मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकामा पनि मनाउने क्रम बढ्दै गएको छ ।

यस पर्वमा नदी, ताल, लघु ताल, र पोखरीको किनार सिँगारेर घाट तयार गरिन्छ । केराका थम्बा, झिलिमिली बत्ती तथा सूर्याेदय र सूर्यास्तमा सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइन्छ ।

छठको तयारी तीव्र रूपमा भइरहेको छ र यस पटक गौरीघाटमा ६१० स्टलहरू तयार गरिएको गौरीघाट छठ विकास समितिका अध्यक्ष अनिल सिंहले जानकारी दिए ।

सो स्टल प्रयोग गर्न प्रति व्यक्तिले १५०० रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ । छठको मूख्य दिन भोलि अस्ताउँदो सूर्यालाई अर्घ दिइन्छ ।

 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १० : २२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको