फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर « Khabarhub

फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले प्रचारका लागि ‘मेरो परान’ नामक प्रतियोगिता सुरु गरेको छ । निर्माण पक्षले आइतबार यसबारे जानकारी दिएको हो ।

यो प्रतियोगिताका विजेताले एक लाख नगद जित्ने निर्माण पक्षले घोषणा गरेको छ । कात्तिक २० गतेसम्म यस प्रतियोगितामा सहभागी हुन पाइने बताइएको छ ।

यस प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले आफ्नो जीवनको प्रिय व्यक्तिसँगको तस्बिरमा फेसबुकमार्फत सार्वजनिक गर्नुपर्ने छ । त्यस तस्बिरको क्याप्सनमा ‘मेरो परान’ लेखेर आफ्नो मनका कुराहरू लेख्न पाउनेछन् । उक्त पोस्ट फिल्मको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्ने अनिवार्य गरिएको छ ।

परानका रूपमा बुबा, आमा वा बुबाआमा दुवै वा श्रीमान्, श्रीमती या प्रेमीप्रेमिका, साथी अथवा दाजुभाइ एवम् दिदीबहिनी मध्ये जो-कोहीसँगको फोटो पोस्ट गर्न सकिनेछ । त्यसरी पोस्ट गर्ने मध्ये एक जनाले ‘लक्की ड्र’मार्फत एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी एक सय जनाले फिल्मको विशेष शोको टिकट पाउने निर्माण पक्षले बताएको छ ।

यस फिल्ममा वरिष्ठ कलाकार नीर शाह शीर्ष भूमिकामा रहेका छन् । अर्का वरिष्ठ कलकार मदनकृष्ण श्रेष्ठसहित नायकहरू महेश त्रिपाठी, प्रवीण खतिवडा, नायिकाहरू केकी अधिकारी र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन् ।

दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको यो पहिलो फिल्म हो ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १२ : १६ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट