फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर « Khabarhub

फिल्म ‘परान’ प्रचारका लागि ‘मेरो परान’ प्रतियोगिता, एक लाख जित्ने अवसर


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘परान’ले प्रचारका लागि ‘मेरो परान’ नामक प्रतियोगिता सुरु गरेको छ । निर्माण पक्षले आइतबार यसबारे जानकारी दिएको हो ।

यो प्रतियोगिताका विजेताले एक लाख नगद जित्ने निर्माण पक्षले घोषणा गरेको छ । कात्तिक २० गतेसम्म यस प्रतियोगितामा सहभागी हुन पाइने बताइएको छ ।

यस प्रतियोगितामा सहभागिता जनाउन इच्छुकले आफ्नो जीवनको प्रिय व्यक्तिसँगको तस्बिरमा फेसबुकमार्फत सार्वजनिक गर्नुपर्ने छ । त्यस तस्बिरको क्याप्सनमा ‘मेरो परान’ लेखेर आफ्नो मनका कुराहरू लेख्न पाउनेछन् । उक्त पोस्ट फिल्मको अफिसियल फेसबुक पेजलाई ट्याग गर्नुपर्ने अनिवार्य गरिएको छ ।

परानका रूपमा बुबा, आमा वा बुबाआमा दुवै वा श्रीमान्, श्रीमती या प्रेमीप्रेमिका, साथी अथवा दाजुभाइ एवम् दिदीबहिनी मध्ये जो-कोहीसँगको फोटो पोस्ट गर्न सकिनेछ । त्यसरी पोस्ट गर्ने मध्ये एक जनाले ‘लक्की ड्र’मार्फत एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी एक सय जनाले फिल्मको विशेष शोको टिकट पाउने निर्माण पक्षले बताएको छ ।

यस फिल्ममा वरिष्ठ कलाकार नीर शाह शीर्ष भूमिकामा रहेका छन् । अर्का वरिष्ठ कलकार मदनकृष्ण श्रेष्ठसहित नायकहरू महेश त्रिपाठी, प्रवीण खतिवडा, नायिकाहरू केकी अधिकारी र अञ्जना बराइली मुख्य भूमिकामा रहेका छन् ।

दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको यो पहिलो फिल्म हो ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १२ : १६ बजे

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

त्रिशूली–१ को सुरुङमा खोजी जारी, दुई शव निकालियो

रसुवा – रसुवास्थित माथिल्लो (अपर) त्रिशूली जलविद्युत् आयोजना–१ को सुरुङमा

कांग्रेस बैठकमा आज १७ जनाले राखे धारणा, भोलि पुनः बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि दिउँसो

प्रधानमन्त्री बालेनले असोज ८ गते राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त