दुर्गा प्रसाईंको दाबी : जेन‍-जी आन्दोलनमा विदेशीको स्वार्थ जोडिँदा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म जलाइयो « Khabarhub

दुर्गा प्रसाईंको दाबी : जेन‍-जी आन्दोलनमा विदेशीको स्वार्थ जोडिँदा सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म जलाइयो


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले आफूहरू शान्तिपूर्ण आन्दोलनबाट पछि नहट्ने बताएका छन्।

आइतबार काठमाडौंमा सम्पादकहरूलाई बोलाएर प्रसाईंले हालको राजनीतिक, सामाजिक र धार्मिक अवस्थाप्रति असन्तोष जनाउँदै आन्दोलनलाई अझ तीव्र बनाउने घोषणा गरेका हुन्।

उनका अनुसार कुनै पनि देशमा युद्धपछि हुने शान्तिवार्तामा स्वार्थ जोडिने गरेको जस्तै स्वार्थ जेन–जी आन्दोलनमा पनि विदेशीको, बार्बरा फाउन्डेशनको स्वार्थ मिसिएकाले सिंहदरबार, संसद भवन र सर्वोच्च अदालतसम्ममा आगजनी भएको हो।

‘नेताको घर जल्नु स्वाभाविक हो, आक्रोश थियो,’ प्रसाईंले भने, ‘सिंहदरबारमा रासयनिक पदार्थ हालेर जलाइएको छ।’

देशलाई ‘भगवानले बास गरेको तपोभूमि’ बताउँदै उनले अबको आन्दोलनलाई पूर्ण रूपमा नेपाली जनताको आन्दोलनका रूपमा अघि बढाउने घोषणा गरे। ‘म यहीँ मर्छु, विदेश जान्नँ। यहीँ मारे पनि मर्न तयार छु,’ उनले भने।

प्रधानमन्त्री सुशीला कार्कीका सल्लाहकार बार्बरा फाउन्डेशनसँग सम्बन्धित रहेको दाबी गर्दै उनले हालका राजनीतिक तथा प्रशासनिक व्यक्तिहरूको भूमिका पनि प्रश्न उठाए।

उनका अनुसार, जेन–जी आन्दोलनमा भएको दमनबारे गठित छानबिन आयोगमा बसेका गौरीबहादुर कार्कीले पहिल्यै सामाजिक सञ्जालमा कारबाहीबारे लेखेका थिए।

डा. गोविन्द केसीका पूर्वअभियन्ता ओमप्रकाश अर्याल अहिले गृहमन्त्री भएको प्रसंग जोड्दै प्रसाईंले बालेन्द्र साह र रवि लामिछानेहरूलाई पनि त्यही ‘धाराको निरन्तरता’ भनेका छन्।

‘गोविन्द केसीलाई शिक्षण अस्पतालमा सुताउने काम गरेर देशको मेडिकल क्षेत्र अस्तव्यस्त बनाइयो,’ उनले आरोप लगाउँदै भने।

उनले अबको आन्दोलनलाई पूर्ण रूपमा शान्तिपूर्ण बनाएर अघि बढाउने बताए। ‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ, यही आन्दोलनले नेपाल बनाउँछ,’ प्रसाईंले भने, ‘अब देश जोगाउने कुरा हो, हामी पछि हट्दैनौँ।’

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ११ : ५८ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी