दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु « Khabarhub

दार्चुलामा पहिलोपटक स्त्रीरोग विशेषज्ञद्वारा सेवा सुरु


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरहरुबाट सेवा दिन थालिएको छ । जिल्ला अस्पताल स्थापना भएयता पहिलो पटक स्त्रीरोग विशेषज्ञका रूपमा डा. स्मृति शाहीले सेवा थालेकी हुन् ।

गत असोज ९ गते डाक्टर शाही जिल्ला अस्पतालमा हाजिर भएकी हुन् । २०४२ सालमा स्थापना भएको जिल्ला अस्पतालमा पहिलो पटक स्त्रीरोग विशेषज्ञ चिकित्सक आएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले जानकारी दिए ।

‘अहिलेसम्म स्त्रीरोग विशेषज्ञ जिल्लाले पाएको थिएन्’, भट्टले भने, ‘अहिलेका कार्यालय प्रमुखले निकै मेहनतका साथ स्त्रीरोग विशेषज्ञ भित्र्याउनुभयो ।’ अहिलेसम्म स्त्रीरोग विशेषज्ञ नहुँदा महिला, विशेष गरी गर्भवतीलाई उपचारमा कठिनाइ भइरहेको थियो । स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको दार्चुलामा स्त्रीरोग विशेषज्ञ आउनु आफैँंमा गर्वको विषय भएको भट्टको भनाइ छ ।

उनका अनुसार स्त्रीरोग विशेषज्ञ नहुँदा महिलाहरूले आफ्ना रोग लुकाएर बस्नुपर्ने अवस्था थियो । भट्टले भने, ‘अब महिलाहरूका लागि सहजरूपमा उपचार लिन सकिने भएको छ, स्त्रीरोग विशेषज्ञ आएको बारेमा जानकारी सबैतिर गर्नु जरुरी छ, भारतका विभिन्न ठाउँमा जाने बिरामीलाई अब जिल्ला अस्पतालमै सबै सेवा उपलब्ध रहेको जानकारी जरुरी छ ।’

जिल्ला अस्पतालका प्रमुख डा. रवीन्द्र भट्टराईका अनुसार स्त्रीरोग विशेषज्ञ ल्याउन निकै प्रयास गर्नुपरेको थियो । ‘म प्रमुख भएर आएयता निरन्तर प्रयासपछि अब हामीले स्त्रीरोग विशेषज्ञ ल्याउन सफल भएका छौंँ’, उनले भने, ‘आफू कार्यालय प्रमुख भएर आएर मात्रै भएन, यहाँका नागरिकलाई सेवा दिन जनशक्ति व्यवस्थापन महत्वपूर्ण छ ।’

आफूले जुन क्षेत्रमा गएर काम गरे पनि जनताको सेवा दिने गरी गरिरहेको उनको भनाइ छ । भट्टराई भन्छन्, ‘दुर्गम क्षेत्रमा सेवा गर्ने मेरो रुचि छ, यहाँका नागरिकलाई सबै प्रकारको सेवा दिन म लागिपर्छु ।’ यसअघि डा. भट्टराई कर्णालीमा सेवा गरेर आएका हुन्। ‘मैले चाहेको भए सुगम पाउँथे, काठमाडौँंमै हुन्थ्यो’, उनले भने, ‘तर, मलाई दुर्गम क्षेत्रका नागरिकको सेवा गर्नमा गर्व महसुस हुन्छ ।’

अबदेखि महिलासम्बन्धी सम्पूर्ण रोगको उपचार तथा आवश्यक शल्यक्रिया जिल्लामै गर्न सकिने अस्पतालले जनाएको छ । पहाडी क्षेत्रका महिलामा देखिने पाठेघर खस्ने, मुखको क्यान्सर, मासु पलाउने लगायतका रोगको शल्यक्रिया जिल्ला अस्पतालमै गर्ने गरी तयारी भएको छ । स्त्रीरोग सेवा सञ्चालनका लागि अस्पतालले छुट्टै ओपीडी कक्ष र शल्यक्रिया कक्ष व्यवस्था गरेको छ । विगतमा बाहिरै जानुपर्ने अवस्था अब अन्त्य भएको डा. भट्टराईले बताए ।

‘अब महिलाले कुनै पनि रोग लुकाएर बस्नुपर्ने छैन, सहजै जिल्ला अस्पतालमै उपचार पाउन सक्नेछन्’, उनले भने । डा. शाहीले यसअघि डडेल्धुरा, जोरपाटी र म्याग्दी लगायतका स्थानमा काम गरिसकेकी छिन् । ‘दार्चुलाजस्तो विकट क्षेत्रमा आएर सेवा गर्न पाउनु मेरा लागि गर्वको कुरा हो’, शाहीले भनिन्, ‘यहाँका महिलालाई सकेसम्म बढी स्वास्थ्य सेवा दिन चाहन्छु ।’

अस्पतालमा अहिले तीन विशेषज्ञसहित दश चिकित्सकले सेवा दिँदै आएका छन् । कुनै समय दुर्गम जिल्लाका अस्पतालमा चिकित्सक पाउनै मुस्किल थियो, तर समय बदलिँदै जाँदा अहिले दुर्गम क्षेत्रमै चिकित्सक सेवा दिन आउने क्रम बढेको छ । अस्पतालमा शल्य–चिकित्सा (अर्थोपेडिक) विशेषज्ञ, दन्त चिकित्सकसहित पाँच मेडिकल अधिकृत पनि कार्यरत छन् । (रासस)

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १२ : ०९ बजे

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित