गम्भीर विवादमा मन्त्रीको सूचीका खगेन्द्र, अधिवक्ता गौतमलाई भनेका थिए, ‘ठमेलको बारवाली’ « Khabarhub

गम्भीर विवादमा मन्त्रीको सूचीका खगेन्द्र, अधिवक्ता गौतमलाई भनेका थिए, ‘ठमेलको बारवाली’

ठगी आरोपमा थुनिएका थिए, अदालतमा कयौँ मुद्दा विचाराधीन


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न लागेका खगेन्द्र सुनारका विगतका अनेक काण्ड सार्वजनिक भएका छन्।

आफूलाई दलित अधिकारकर्मीका रूपमा परिचित गराउँदै आएका सुनार विगतमा विभिन्न विवादमा मुछिँदै आएका खुलेको हो ।

अधिवक्तामाथि सार्वजनिक अपमान

सुनारमाथि यसअघि नै एक महिला कानुन व्यवसायीमाथि सार्वजनिक गालीगलौज गरेको आरोप लागेको छ।

रुकुम पश्चिमका नवराज बिक हत्या प्रकरणमा अदालतको फैसलालाई चुनौती दिँदै आन्दोलनमा उत्रिएका सुनारविरुद्ध अधिवक्ता मनिषा गौतमले सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेकी थिइन्।

उक्त मुद्दामा सर्वोच्च अदालतले सुनारसँग जवाफ मागेपछि उनी सामाजिक सञ्जालमा आक्रोशित भएका थिए। गौतमको फोटो राखेर उनले लेखेका थिए, ‘यो अधिवक्ता मनिषा गौतम, हाम्रोविरुद्ध सर्वोच्चमा मुद्धा हाल्नेवाली… यसले भनेकी छ- नवराज विक बलात्कार गर्ने नियतले गएको थियो । नमारेर के पूजा गर्ने ? जे गरे ठीक गरे । खगेन्द्र सुनार पनि नवराजजस्तै अपराधी हो । जेल हाल्न पर्छ ।’

आफूलाई अभियन्ता भन्ने सुनारले व्यक्तिको गोपनीयताको समेत ख्याल नगरी अधिवक्ता गौतमको मोबाइल नम्बर पनि सार्वजनिक गरेका थिए । गौतमको चरित्रमाथि प्रश्न उठाउँदै फेसबुकमा लेखेका थिए ।

सुनारले अधिवक्ता गौतमको तस्बिर र मोबाइल नम्बरसमेत फेसबुकमा सार्वजनिक गर्दै अशोभनीय टिप्पणी गरेका थिए। उनले लेखेका थिए, ‘यसलाई ‘तँ नेपाल बारको होस् कि ठमेल बारको’ सोधौँ।’

यता,अधिवक्ता गौतमले आफूले जातीय विभेद हुनेगरी मुद्दा नहालेको र दिवङ्गत नवराजमाथि कुनै अप्रिय शब्द कहीँ कतै प्रयोग नगरेको प्रष्ट पार्दै अदालतको अवहेलनाको विषय मात्र उठाएको बताएकी छन् ।

अधिवक्ता गौतमले सुनारविरुद्ध देशका विभिन्न जिल्लामा २३ वटा मुद्दा हालेकी थिइन् । उनले दायर गरेका मुद्दाहरू विचाराधीन छन् ।

सुनारको समूहले आफूलाई अहिले पनि अनेक तनाव र धम्की दिने गरेको उनले बताएकी छन्। सामाजिक सञ्जालसँगै आपत्तिजनक म्यासेज पनि पठाउने गरेको उनको गुनासो छ ।

अवहेलना मुद्दा विचाराधीन

सुनारविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलना मुद्दा हाल विचाराधीन अवस्थामा छ।

उनीमाथि नवराज विकलगायत ६ जनाको हत्या प्रकरणमा उच्च अदालत सुर्खेतले जातीय छुवाछूतको मुद्दामा दिएको सफाइको विरोध गर्दै न्यायाधीशहरूको आलोचना गरेको आरोप छ।

उच्च अदालतले हत्या अभियोगमा २३ जनालाई जन्मकैदको सजाय तोके पनि जातीय भेदभावको मुद्दामा सफाइ दिएको थियो।

ठगी र व्यक्तिगत विवाद

सुनारमाथि वैदेशिक रोजगारीको नाममा ठगी गरेको आरोप पनि लागेको थियो। त्यही मुद्दामा उनी करिब केही महिना जेल परेका थिए। प्रहरीले त्यसबेला विज्ञप्ति जारी गरे पनि अनुहार सार्वजनिक गरेको थिएन।

कुनै बेला पत्रकारकै रुपमा रहँदा ठगी आरोपमा समातिएका थिए । एउटा टेलिभिजन च्यानलमा काम गर्दाकै समय उनी वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगीमा परेर पक्राउ परेका थिए । त्यसबेला उनी जेल सजाय भोगेर निस्किएका थिए ।

उनी कुनै बेला हाल नेपाली कांग्रेसको नेतासमेत रहेका गणेश लामानिकट थिए । लामा गुन्डागर्दीमा संलग्न भएर कांग्रेसको राजनीतिमा आएका हुन् । कांग्रेस कार्यकर्ता खगेन्द्र त्यही समूहका सदस्य थिए । लामासँग लामो समय काम गरेपछि उनी करिब ३ वर्ष हराएर सामाजिक अभियन्ताका रुपमा झुल्किए ।

बिहे गर्छु भनेर धोका

खगेन्द्रले एकजना महिलालाई ‘श्रीमती बनाउँछु’ भन्दै सम्बन्धमा राखेर धोका दिँदा उक्त विवाद सडक र सामाजिक सञ्जालमै छाएको थियो। उनले ती महिलासँग केही वर्ष सँगै पनि बिताए।

तर अन्तिममा धोका दिँदा अहिले ती महिला घर न घाटकी भएकी छन् । उनलाई उनका आफन्तले समेत तिरस्कृत गरेर अहिले एक्लै बसिरहेकी छन् । खगेन्द्रका कारण ती महिलाले उनकै आफन्तबाट कुटाइसमेत खाइन् ।

ती पीडितले खगेन्द्रविरुद्ध राष्ट्रिय महिला आयोगमा उजुरी दिएकी थिइन्। तर उक्त मुद्दामा अहिले महिला आयोगका सदस्यहरू तैँ चुप मै चुपको अवस्थामा छन् । खगेन्द्रले धोका दिएपछि परिवारबाट बहिष्कृत ती महिला अझै समस्यामा छिन्।

उनको परिवारले अझै पनि राम्रोसँग स्वीकार नगर्दा उनले भोगेको मानसिक तनावको वर्णन गरी साध्य छैन । त्यस विवादका क्रममा सुनारमाथि गम्भीर नैतिक प्रश्न उठेको थियो। तर ती महिलाले पनि आफ्नो इज्जत र प्रतिष्ठासामु सम्झौता गर्नुपर्ने अवस्था र बाध्यताका कारण खगेन्द्रले छुट पाइरहेका छन्

नयाँ पक्राउ पुर्जी

उता सुर्खेत जिल्ला अदालतले स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात मुद्दामा सुनारको नाममा सात दिनको पक्राउ पुर्जी जारी गरेको थियो।

मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको उजुरीका आधारमा नेपाल सरकार वादी र मैना विकसहित अन्य प्रतिवादी थिए ।

२०८१ मंसिर २१ गते जारी गरिएको पक्राउ पुर्जीमा उल्लेख अनुसार, सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहेलकुना अस्पतालमा भएको घटनामा संलग्न भएको आरोपमा दैलेख जिल्ला निवासी ३१ वर्षीय खगेन्द्र सुनारलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन निर्देशन दिइएको थियो ।

अदालतले ७ दिने म्यादभित्र उपस्थित नगराएपछि ३५ दिने पक्राउ पुर्जी जारी गरी तामेली ताकेता समेत पठाएको थियो ।

मन्त्री बन्ने तयारीमा

यी सबै विवादबीच सुनार अन्तरिम सरकारले मन्त्रीका रूपमा सिफारिस भएको खबर सार्वजनिक भएपछि राजनीतिक वृत्तमा आलोचना चर्किएको छ।

विभिन्न काण्ड, ठगी मुद्दा र अदालतको अवहेलना आरोप झेलिरहेका व्यक्तिलाई मन्त्री बनाउन लागिएको भन्दै सामाजिक सञ्जालमा पनि तीव्र प्रतिक्रिया देखिएको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १२ : ४० बजे

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु