पर्यटकको आकर्षणमा ‘कन्यादह मङ्गलबारे देवस्थल’ « Khabarhub

पर्यटकको आकर्षणमा ‘कन्यादह मङ्गलबारे देवस्थल’


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भोजपुर–  पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला वर्षमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । 

स्थानीयको पहलमा ऐतिहासिक कन्यादह र मङ्गलबारे देवस्थलको संरक्षण गरिएपछि यो क्षेत्र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको हो । 
 
धार्मिक आस्थासँगै यहाँको प्राकृतिक सौन्दर्यले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । बिस्कुट्नेडाँडामा रहेको मङ्गलबारे देवस्थल, कन्यादह, धार्मिकसँगै रमणीय पर्यटकीय क्षेत्र रहेकाले यहाँ धूपी, असोक, जामुन, आँप, लिचीलगायतका बिरुवासमेत रोपणको गरिएको छ । 

यहाँको कन्यादह तथा मङ्गलबारे देवस्थलमा दर्शन गरे मनोकाङक्षा पुरा हुने धार्मिक विश्वास रहेको स्थानीय हर्कराज राईले बताए । यो प्रसिद्ध क्षेत्र ओझेलमा परेकाले यसको विकास तथा प्रचारप्रसार स्थानीय जुटेको उनको भनाइ छ । 

‘यो क्षेत्रको पर्यटकीयसँगै धार्मिक महत्त्व पनि छ’, उनले भने, ‘संरक्षण अभावमा यहाँका कतिपय संरचना ओझेलमा परेको अवस्था थियो, यो स्थानलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न हामी जुटेका छौँ ।’

योसँगै यहाँ रहेका आइतबारे देवस्थल र सोमबारे देवस्थल निकै ठूलो धार्मिक महत्त्व रहेको स्थानीय सुगम राईले बताए । यी क्षेत्रमा विभिन्न समयमा पूजाआजासँगै मेला महोत्सव लाग्ने गरेको छ ।

‘यहाँ आइतबारे, सोमबारे र मङ्गलबारे गरी तीन देवस्थल छन्’, उनले भने, ‘यी धार्मिक क्षेत्रको आ–आफ्नै विशेषता रहेका छन्, मङ्गलबारे र कन्यादह संरक्षण गरेका छौँ, अन्य क्षेत्रको पनि संरक्षणको काम गरिरहेका छौँ ।’

यो क्षेत्रबाट कावा खोला फाँट, धनकुटाको छिन्ताङ, हतुवागढी क्षेत्र, हिले बजार तथा मौसम सफा भएको समयमा विभिन्न ठाउँको मनोरम दृश्य अवलोकन गर्न सकिने स्थानीय सङ्गम राईले बताए । 

यहाँ आउने मानिसलाई प्राकृतिक सुन्दरताले लोभ्याउने उनको भनाइ छ । यो क्षेत्रको संरक्षण गरिएपछि आन्तरिक पर्यटकको आगमन बढेको उनले बताए । 
 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : १५ बजे

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौं– राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट

प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं–  प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको