चीनमा हुने ‘ट्रेडिसनल आर्चरी’ मा नेपाल सहभागी « Khabarhub

चीनमा हुने ‘ट्रेडिसनल आर्चरी’ मा नेपाल सहभागी


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय ‘ट्रेडिसनल आर्चरी’ आमन्त्रण प्रतियोगिता तथा दशौँ ‘जेन्झी कप’ आर्चरी आमन्त्रण प्रतियोगितामा नेपाल सहभागी भएको छ । 

प्रतियोगितामा हङ्गेरी, थाइल्यान्ड, म्यान्मा र नेपालका साथै चीनका ग्वाङ्डोङ, सान्डोङ, छोङछिङ, आनहुइ, छिङहाइ, थियानजीन, हङकङ र युनान प्रान्तका खुनमिङ, क्विजिङ, फुमिन, दाली, लिजियाङ, शाङ्ग्रिलालगायत स्थानबाट १६० खेलाडी सहभागी भएका काठमाडौं जेन्झी ट्रेडिसनल आर्चरीले जनाएको छ । 

नेपालबाट काठमाडौं जेन्झी ट्रेडिसनल आर्चरी एण्ड मार्सल आर्ट सङ्घका सचिव राजीव महर्जन सहभागी भएका थिए । नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलमा सहयोग गर्न  स्पोर्ट इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एशोसिएसन युनान र खुन्मिङ जेन्झी आर्चरी क्लबले सहकार्य गर्ने प्रतिबद्धता जनाएका सचिव महर्जनले बताए  । 
 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : ४१ बजे

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ