खगेन्द्रविरुद्ध काभ्रेबाट यही साउनमा जारी भएको थियो पक्राउ पुर्जी « Khabarhub

खगेन्द्रविरुद्ध काभ्रेबाट यही साउनमा जारी भएको थियो पक्राउ पुर्जी


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्न लागेका खगेन्द्र सुनारका थप काण्ड बाहिरिएका छन् ।

उनीविरुद्ध दैलेख जिल्ला अदातलमा २०७९ असोज २६ गते जिल्ला अदालत दैलेखमा बहुविवाहको मुद्दा दायर भएको भेटिएको छ।

उनकी जेठी पत्नीले आफू हुँदा हुँदै २७ वर्षीया गीता खत्रीलाई बहुविवाह गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् ।

आफूलाई दलित अधिकारकर्मीका रूपमा परिचित गराउँदै आएका सुनारविरुद्ध अहिले पनि विभिन्न तीन ठाउँबाट पक्राउ पुर्जी जारी भएको खुलेको छ।

उनीविरुद्ध पछिल्लो पटक यही साउन ५ गते विद्युतीय कारोबार ऐनअन्तर्गत काभ्रे जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको पाइएको छ।

काभ्रेपलाञ्चोक जिल्ला अदालतले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐनअन्तर्गतको मुद्दामा दलित अधिकारकर्मीसमेत रहेका सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको खुलेको छ।

अदालतको दायरी शाखाबाट २०८२ साउन ५ गते जारी पत्रअनुसार अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा नेपाल सरकार वादी र खगेन्द्र सुनार प्रतिवादी रहने गरी मुद्दा दर्ता भएको थियो ।

अदालतले २०८२ साउन २ गतेको आदेशअनुसार सात दिने र ३५ दिने दुवै प्रकारका पक्राउ पुर्जी जिल्ला प्रहरी कार्यालय दैलेखमा पठाएको जनाएको छ। अदालतको पत्रमा उल्लेख छ, ‘उक्त पक्राउ पुर्जी तामेल गरी यस अदालतमा पठाइदिनुहुन अनुरोध गरिन्छ।’

पक्राउ पुर्जीमा सुनारमाथि विद्युतीय कारोबार ऐन अन्तर्गतको कसूर गरेको आरोप उल्लेख गरिएको छ। मुद्दा अधिवक्ता गौतमले दिएको जाहेरीमा आधारित रहेको अदालतको अभिलेखमा प्रष्ट छ।

यसअघि पनि सुनारमाथि ठगी, महिला हिंसा र अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएका थिए। हाल उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीका रूपमा सिफारिसमा परेका छन्।

लगातार कानुनी विवादमा मुछिँदै आएका सुनारमाथि नयाँ पक्राउ आदेश सार्वजनिक भएपछि उनको मन्त्री बन्ने विषयले राजनीतिक वृत्तमा फेरि चर्चा पाएको छ। 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १ : ५५ बजे

बादललाई निर्विरोध बनाइँदै, सुहाङको प्रस्तावक र समर्थक नै बस्न दिइएन

काठमाडौं- नेकपा एमालेमा उपाध्यक्ष रामबहादुर थापा बादललाई नै प्रतिनिधि सभा

वीर अस्पतालमा हाजिरी व्यवस्थापन कडाइ : ढिलो आए कारण दिनुपर्ने

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी

कांग्रेसमा अनुशासन उल्लंघनका ५०७ उजुरी छानबिन हुँदै, ७ दिनभित्र स्पष्टीकरण मागिने

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले प्रतिनिधि सभा सदस्य निर्वाचनसँग

हेटौँडा सिमेन्टमा आगो बाल्ने भट्टीको मर्मत गरेर पुनः उत्पादन सुरु

मकवानपुर– हेटौँडा सिमेन्ट उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रेपछि उत्पादन

ऊर्जा मन्त्रालयमा सुशासन एकाइ गठन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ‘सुशासन एकाइ’ गठन गरिएको