अपाङ्गता भएकाहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा « Khabarhub

अपाङ्गता भएकाहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अपाङ्गता भएका व्यक्तिहरूले म्याग्दीको अन्नपूर्ण आधार शिविरसम्म पदयात्रा गरेका छन् । 

अपाङ्ग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको आयोजनामा छ प्रकारका अपाङ्गता भएका नौ जनाले यही कात्तिक ५ गते नारच्याङको हुमखोलादेखि पदयात्रा सुरु गरेका थिए । पदयात्रा आज पूरा भएको सञ्जालका सचिव विशाल विकले जानकारी दिए । 

पदयात्रामा चोमु शेर्पा खुसी, ईश्वर बास्तोला, राजेश भण्डारी, सेरेवल पालसी सङ्गीता शर्मा, विशाल विक, भीम गुरुङ, वासु थकाली रहेका थिए । उनीहरुको सहयोगीका रूपमा वन्दना राई सहभागी भएकी थिइन् ।

‘अपाङ्गतामैत्री नीति र भौतिक संरचना निर्माण तथा पर्यटन क्षेत्रमा समावेशिता आवश्यक रहेको सन्देश प्रवाह गर्ने उद्देश्यले गरिएको पदयात्रा सफल भएको छ’, सञ्जालका सचिव विकले भने, ‘आधार शिविरको यात्रा निकै रोमाञ्चक भयो । साथीहरू सहजै तरिकाले आधार शिविर पुग्नुभयो । कतिपय स्थानको पदमार्ग र बस्ने होटल अपाङ्गमैत्री नभएको पाइयो । अपाङ्गता भएका व्यक्तिहरू पनि आधार शिविर पुग्न सक्छन् भन्ने सन्देश प्रवाह गर्न सफल भएका छौँ ।’

मौरिस हर्जोग पदमार्ग हुँदै २२ किलोमिटर दूरीको पदयात्रा गरेर आधार शिविर पुगेका उनीहरु सकुशल फर्किनुभएको छ । पदमार्ग, पूर्वाधार निर्माण, खाने बस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा यस शरद्याममा उल्लेख्य सङ्ख्यामा पर्यटक आएका छन् ।

अन्नपूर्ण र निलगिरी हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । रासस

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : २४ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश