वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान « Khabarhub

वैदेशिक रोजगारी सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालयले यही कात्तिक ३ गते एक सूचना प्रकाशन गरी आवेदन आह्वान गरेको हो । 

श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गई तोकिएको अवधिभित्र मृत्यु, अङ्गभङ्ग वा बिरामी भई कल्याणकारी कोषबाट यस सचिवालयमार्फत शतप्रतिशत आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततिलाई वैदेशिक रोजगार सन्तति छात्रवृत्तिका लागि आह्वान गरिएको जनाइएको छ । 

आफू अध्ययनरत रहेकै शैक्षिक संस्थामा वैदेशिक रोजगार सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०८० को अनुसुची (१) बमोजिमको ढाँचामा यही कात्तिक मसान्तभित्र निवेदन पेस गर्न सम्बन्धित व्यक्तिलाई अनुरोध गरिएको छ  ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : २८ बजे

आईपीएल : राजस्थानले टस जित्यो, आरसिबीले ब्याटिङ गर्दै

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा राजस्थान

आर्थिक गणनाका लागि २० जना सुपरीवेक्षक खटिने

बैतडी – आगामी वैशाख २ गतेदेखि सुरु हुने आर्थिक गणनाका

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ