सुधा र बब्लुले लिए मन्त्री पदको शपथ, नाम सिफारिस भएर पनि छुटे खगेन्द्र र गणपतिलाल « Khabarhub

सुधा र बब्लुले लिए मन्त्री पदको शपथ, नाम सिफारिस भएर पनि छुटे खगेन्द्र र गणपतिलाल


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गौतमले शीतल निवासमा आयोजित विशेष समारोहमा स्वास्थ्य तथा जनसंख्या र गुप्ताले युवा तथा खेलकुद मन्त्रीका रुपमा राष्ट्रपतिसमक्ष शथप लिएका हुन् ।

यसअघि प्रधानमन्त्री सुशीला कार्कीले खगेन्द्र सुनारलाई श्रममन्त्री र गणपतिलाल श्रेष्ठलाई भूमिसुधार मन्त्री बनाउने तयारी गरेकी थिइन् ।

तर खगेन्द्र अनेक काण्ड र गम्भीर अपराधका घटनामा जोडिएकाले मन्त्री हुनबाट बञ्चित भए । उता यसअघि पर्यटन मन्त्री बनाउने तयारी गरिएका गणपतिलालको अन्तिम समयमा मन्त्रालय फेरिएको थियो। मन्त्रालय हेरफेरका कारण गणपतिलालको पनि शपथ रोकिएको छ ।

खगेन्द्रको विवादले शपथ रोकिँदा गणपतिलालको भने मन्त्रालय हेरफेरले कुरा मिलेन । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार खगेन्द्र सुनार, डा.सुधा शर्मा गौतम, बब्लु गुप्ता र गणपतिलाल श्रेष्ठलाई मन्त्री बनाउन लागेकी थिइन् । तर खगेन्द्र आपराधिक घटना र गम्भीर विवादमा मुछिएर मन्त्री हुने अवसरबाट बञ्चित भएका छन् ।

सुनारलाई श्रम तथा रोजगार मन्त्रालय दिने तय भएको थियो । खगेन्द्रसँगै रोकिएका गणपतिलाललाई यसअघि पर्यटन मन्त्रालय बनाउने तयारी गरिएको थियो ।

अन्तिम समयमा उनको मन्त्रालय फेरेर भूमिसुधारको जिम्मेवारी दिने निर्णय भएको थियो । तर मन्त्रालय हेरफेरका कारण गणपतिलालको पनि शपथ रोकिन पुगेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : ३१ बजे

माघे सङ्क्रान्ति नेपाली समाजमा किन प्रचलित छ ?

काठमाडौं– माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक

माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड

तनहुँ– तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति मेला भर्न

मौलिकता जोगाउन सके मात्रै नेपालीपनको रक्षा गर्न सकिन्छ : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले मौलिकता जोगाउन सके मात्रै नेपालीपनको

बालेनको माघी शुभकामना- सय थरि बाजा एउटै ताल…

काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक

म्याग्दी– म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको