चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा « Khabarhub

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठपश्चात् कामलाई तीव्रता दिइएको हो ।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भूमिगत विद्युतीकरण गरिरहेको छ । अहिले ६५ प्रतिशत क्षेत्रमा तार बिछ्याइएको आयोजनाका प्रमुख इञ्जिनियर आनन्द सुवेदीले जानकारी दिए ।

‘यो सकिएसँगै घरमा विद्युत् जोड्ने छौँ ।  ठेकेदार कम्पनीले छठलगत्तै तीव्रता दिएमा भरतपुरतर्फको काम शीघ्र सकिनेछ ।’ उनले भने ।

यहाँको काम ७५ प्रतिशत पूरा भएको जनाउँदै इञ्जिनियर सुवेदीले पाइप जडान, डिभाइस जडान, फाउण्डेसन निर्माणलगायत सकिएको बताए ।

उनका अनुसार भरतपुर  र पोखराको काम सक्न समय थप गरी सन् २०२६ जुलाईसम्म पुर्‍याइएको  छ । तेस्रो पटक असोज अन्तिम साता समय थप गरिएको जनाउँदै उनले पोखरामा विद्युत् भूमिगतको काम ६० प्रतिशत पूरा भएको बताए । 

केन्द्रीय बस ट्रमिनलबाट गोन्द्राङसम्मको सडकमा पहिला ३३ केभिए लाइन मात्रै भूमिगत गर्ने भनिएकामा अहिले थप गरी ११ केभिए र ४०० भोल्टको लाइनलाई भूमिगत गर्न थालिएको आयोजनाका प्रमुख इञ्जिनियर सुवेदीले जानकारी दिए । 

पछिल्लो सम्झौताअनुसार भरतपुर महानगरपालिकाभित्र लाइन जडानका लागि भरतपुर महानगरको मुख्य सहरी क्षेत्रमा भूमिगतमार्फत काम गर्दै लगिएको छ ।

आयोजना प्रमुख इञ्जिनियर सुवेदीका अनुसार महानगरभित्र विद्युतीय तार भूमिगत गर्न एक अर्ब ४० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । सुरुआती समयमा एक अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । 

निर्माणको ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले पाएको थियो । सन् २०२१ अक्टोबरदेखि ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो ।

ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनावरी २० मा सकिएसँगै पटक पटक म्याद थप गरेर कामलाई अघि बढाइएको आयोजना कार्यालयले जनाएको छ ।

एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले उक्त आयोजना अघि बढाएको हो ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ३ : ५१ बजे

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल

सोमबारदेखि मानव अधिकार महाभेला

पाटन– मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट