कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै « Khabarhub

कैलालीमा पनि छठ पूजा गर्नेको सङ्ख्या बढ्दै


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कैलाली– छठ पर्वका अवसरमा छठ पूजा सेवा समिति धनगढीले कैलालीको मोहना नदीतटमा विगत १३ वर्षदेखि आयोजना गर्दै आएको छठपूजामा श्रद्धालु भक्तजनको सङ्ख्या बढ्दै गएको छ ।

छठ पूजाका लागि मोहना नदीतटमा पाँच वटा पालसहितको घर बनाएर सुरुका वर्षमा पर्व मनाउँदै आएकामा हिजोआज कम्तीमा २६० को हाराहारीमा पूजा कक्ष निर्माण गर्न थालिएको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । उनले छठ पूजाका लागि सुरुमा ३५ हजार रुपैयाँ मात्र खर्च हुने गरेका अहिले १५ लाख रुपैयाँ लाग्ने गरेको उल्लेख गरे । 

स्थानीय तह, उद्योगी, व्यापारी, विभिन्न सङ्घसंस्थालगायत सर्वसाधारणको सहयोगमा रकम सङ्कलन गरी समितिले हरेक वर्ष पूजा सम्पन्न गर्दै आइरहेको जनाएको छ । सुरुका वर्षमा पूजास्थलमा कम चहलपहल हुने र सुनसान देखिने भए पनि पछिल्ला केही वर्षयता करिब एक लाखको हाराहारीमा भक्तालु तथा दर्शनार्थीहरू अवलोकनका लागि आउने गरेका अध्यक्ष मण्डलले जानकारी दिए ।

‘यो पर्व पहिले विशेष गरी मिथिला समुदायले मात्र मनाउने चलन थियो, तर पछिल्लो समय अन्य समुदायले पनि मनाउने गरेका छन्’, उनले भने, ‘निरहार व्रत बसेर धनगढीको मोहना छठीघाटमा ३०० भन्दाबढी परिवार तथा अन्य समुदायका व्यक्ति पूजाका लागि आउने गरेका छन्, त्यस्तै दुई हजारको हाराहरी भक्तजन नदीमा आएर सूर्यनारायणलाई फूल तथा जल अर्पण गर्ने गर्दछन् ।’

छठ पर्व आउनुभन्दा एक महिना अघिदेखि मोहना नदीतटमा सरसफाइ गरी पूजालाई सफल पर्न स्थानीयको सहभागितामा तयारी गर्ने गरिएको समितिका उपाध्यक्ष रोशनकुमार कर्णले बताए। ‘विगतमा यो पर्वतर्फ यहाँका अन्य समुदाय तथा स्थानीयको रुचि कम थियो’, उनले भने, ‘पछिल्ला केही वर्षयता सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म यो पर्व मनाउने स्थलमा आउने गरेका छन् ।’

यस पर्वमा परिवारका सदस्यहरूको दीर्घायु जीवन, सुख, शान्ति र समृद्धि, रोगव्याधिबाट बच्न, सन्तानलाभ प्राप्तिलगायत कामनाका लागि भक्तालुहरू व्रत बस्ने गर्दछन् । यस वर्ष छठ पर्वको तयारीका लागि धनगढीको मोहनाघाटमा २५६ पूजाकक्ष निर्माण गरिएका छन् । ती पूजाकक्षमा पाल, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी माला, पताका गायतले सजाएर आकर्षक बनाइएको उपाध्यक्ष कर्णले जानकारी दिए ।

भक्तजन तथा दर्शनार्थीका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । धनगढी बजारका मुख्य स्थानमा स्वागतका लागि प्रवेशद्वार निर्माण गरिएका छन् । नेपालको पूर्वी भेगबाट ल्याइएका कालीगढले सूर्यको प्रतिमासहित विभिन्न देवीदेवताको मूर्ति निर्माण गरी, पेन्टिङ गर्ने, सजाउने काम अन्तिम चरणमा पुगेको छ ।

मोहना नदीतटीय भागको माथितिर ठूलो पण्डाल निर्माण गरिएको छ  । जहाँ अवलोकन गर्न आउने श्रद्धालुका लागि बस्ने व्यवस्था, भक्तालुको बसोबास तथा रातभर जाग्राम बस्नेका लागि छुट्टै व्यवस्था मिलाइएको छ । 

त्यस्तै भजनकीर्तन नाचगान, राष्ट्रिय तथा अन्तरराष्ट्रिय कलाकारको प्रस्तुति, विभिन्न देवीदेवताका सांस्कृतिक झाँकीलगायत कार्यक्रमको पनि आयोजना गरिएको जनाइएको छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनहरुको भीड लाग्ने गर्दछ । रासस

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ४ : १७ बजे

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान

ग्यासको आपूर्ति १५ प्रतिशत बढेको छ, उपभोक्ताले अतिरिक्त खरिद नगर्ने हो भने समस्या समाधान हुन्छ : संघ

काठमाडौं– नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्ताले अतिरिक्त ग्यास खरिद