संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह « Khabarhub

संयमित रहन प्रदर्शनरत सबै पक्षलाई आयोगको आग्रह


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले आफ्ना मागहरू सम्बोधन हुनुपर्ने मागसहित शान्तिपूर्ण रूपमा प्रदर्शन गरिरहेका सबै पक्षलाई संयमित रहन आग्रह गरेको छ । 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा नागरिकले राखेका मागहरू समयमा उचित सम्बोधन गर्न, समस्याको समाधान निकाल्न, सबैको भूमिका सुनिश्चित गर्न, नागरिकको शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारसहित मानव अधिकारको सम्मान र संरक्षण गर्न आयोगले सरकारलाई आह्वान गरिएको छ ।
     
‘समस्याको समाधान वार्ता र संवादबाट मात्र सम्भव हुन्छ भन्नेमा आयोग दृढ छ’, विज्ञप्तिमा भनिएको छ, ‘हरेक समस्याको समाधान विधिको शासन, संविधान, कानुन र मानवअधिकारको मूल्यमान्यताका आधारमा शान्तिपूर्ण रूपमा खोजिनुपर्दछ ।’
    
आयोगले विगतका केही अभ्यास हेर्दा शान्तिपूर्ण भनिएका प्रदर्शन पनि ध्वंसात्मक र हिंसात्मक हुन पुगेका तथ्यलाई ध्यानमा राखी आगामी दिनमा त्यस्ता हिंसात्मक गतिविधि हुन नदिन प्रदर्शनरत पक्ष सचेत हुनुपर्नेमा जोड दिएको छ ।

‘प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सबै पक्ष जिम्मेवार हुनु आवश्यक छ, आगामी दिनमा हुने प्रदर्शनहरूमा घुसपैठ हुन नदिने दायित्व सरकार र प्रदर्शनकारी दुवैको हो’, विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनलाई शान्तिपूर्ण बनाउन सुरक्षा निकायको संयमता, धैर्यता र विवेकपूर्ण व्यवहार अपेक्षित छ ।’

त्यसैगरी, प्रदर्शनरत पक्षले पनि आफ्ना क्रियाकलापलाई शान्तिपूर्ण बनाउने, घृणायुक्त अभिव्यक्ति नदिने, उत्तेजनापूर्ण व्यवहारलाई नियन्त्रण गर्नुपर्नेलगायत कर्तव्य निर्वाह गर्नुपर्ने आयोग विज्ञप्तिमार्फत जनाएको छ । 

नागरिकका यस प्रकारका अधिकारहरूको सम्मान गर्ने र सो अधिकार उपभोगको सहज वातावरण सिर्जना गर्ने दायित्व राज्यको भएकाले गत भदौ २३ र २४ को प्रदर्शनपश्चात् जेन-जी पुस्ताले उठाएका जायज मागको समयमा सम्बोधन हुनु आवश्यक रहेको आयोगको भनाइ छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ४ : २९ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।