स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेन-जी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा « Khabarhub

स्वास्थ्यमन्त्री शर्माको पहिलो निर्णय : जेन-जी आन्दोलनबाट प्रभावितलाई मनोपरामर्श सेवा


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनियुक्त स्वास्थ्यमन्त्री डा. सुधा शर्माले शपथ लिएपछि स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेकी छिन् । 

आइतबार राष्ट्रपतिसँग शपथ लिएर मन्त्रालयमा कार्यभार सम्हालेपछि उनले पहिलो निर्णयको रूपमा मनोसामाजिक परामर्श उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेकी हुन् ।

‘जेन-जी आन्दोलनका घाइतेलगायत आन्दोलनबाट प्रभावित व्यक्तिको लागि मनोसामाजिक परामर्श सेवाको व्यवस्थापन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेँ,’ मन्त्री शर्माले भनिन्, ‘यसको डिटेल विज्ञबाट वर्कआउट हुन्छ ।’

स्वास्थ्य मन्त्रालयको सचिव भइसकेकी शर्माले प्रधानमन्त्री सुशीला कार्की सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी पाएकी हुन् ।

मन्त्री शर्माले आइतबार नै मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छिन् । 

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ४ : ४४ बजे

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दोलखा– जिल्लाको बैतेश्वर गाउँपालिका–६ बुस्टिस्थित तामाकोशी–मन्थली खड्काखण्डमा आइतबार बिहान मोटरसाइकल

सुनचाँदीको मूल्य घट्यो : तोलामा कति पुग्यो ?

काठमाडौं – शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल

आलु भित्र्याउँदै पनौतीका किसान (फोटो फिचर)

पनौती – काभ्रेको पनौती नगरपालिका–९ सुन्थान क्षेत्रका किसान यत्तिबेला आलु

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही – एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका किसान

कञ्चनपुर – कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी