अनमोलको दाबी : जेरी अन टपको व्यापार १२ करोड « Khabarhub

अनमोलको दाबी : जेरी अन टपको व्यापार १२ करोड


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज ३१ बाट प्रदर्शनमा आएको फिल्म ‘जेरी अन टप’ले १२ करोडमाथि व्यापार गरेको निर्माण पक्षले दाबी गरेको छ ।

नायक अनमोल केसी र निर्माता सरोज न्यौपानेले फिल्मले सुरुवाती १० दिनमा १२ करोड ग्रस कलेक्सन गरेको सामाजिक सञ्जालमा दाबी गरेका हुन् ।

विश्वव्यापीरुपमा यो फिल्मको ग्रस कलेक्सन उक्त रकम बराबर पुगेको उनीहरुको दाबी छ ।

अनमोलले फेसबुकमा लेखेका छन्, ‘अंकहरु भन्दा पनि ठूलो कुरा तपाईंहरुको माया हो । धन्यवाद तपाईंहरु सबैलाई, जसले जेरी अन टपलाई हृदयमा स्थान दिनुभयो । यो खुसी तपाईंहरुको हाँसो, ताली र समर्थनको उपहार हो ।’

नेपालमा यो फिल्म उच्च अकुपेन्सीका साथ १० औं दिनमा प्रदर्शनरत छ । घरेलु बजारमा यो फिल्मले प्रदर्शनको नवौं दिन शनिबार एक करोड एक लाखभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माता सरोज न्यौपानेको दाबी छ ।

अर्थात्, पहिलो दिनको भन्दा नवौं दिनको व्यापारमा बढी भएको हो । यो फिल्मले पहिलो लिन ७२ लाख ग्रस कलेक्सन गरेको थियो ।

यस फिल्ममा नायक अनमोल केसी, नायिकाहरु जसिता गुरुङ, आँचल शर्मा, सुरक्षा पन्त, नायक भुवन केसी, कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ शीर्ष भूमिकामा रहेका छन् ।

यसको निर्देशक सुयोग गुरुङ हुन् ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ५ : ५५ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका