सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य « Khabarhub

सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै योजना कार्यान्वयनमा सरकार केन्द्रित छ : मुख्यमन्त्री आचार्य


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमित स्रोत र साधनको अधिकतम उपयोग गर्दै योजना निर्माण र कार्यान्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सन्धिखर्क–५ वाङ्गलामा आइतबार आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्रोतसाधनको सीमितताबीच पनि विकास योजनालाई प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे  ।

‘हामी चाहन्छौँ, जनताको आवश्यकता र समस्या छिटो समाधान होस् । तर साधन–स्रोतको कमीका कारण कतिपय योजना समयमा सम्पन्न हुन सकिरहेका छैनन्,’ उनले भने, ‘यद्यपि, थालनी भएका योजनाहरूलाई पूरा गर्ने लक्ष्यसहित सरकार निरन्तर लागिपरेको छ ।’

मुख्यमन्त्री आचार्यका अनुसार सडक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सरकारले उच्च प्राथमिकता दिएको छ । उनले कुँडुले खानेपानी आयोजना कार्यान्वयन गरी पूरा गर्नेगरी प्रदेश सरकार अघि बढेको र मिलमिले–बलेवाङ्ग सडकसँगै सन्धिखर्क–तम्घास सडकखण्डको बाँकी काम पनि छिट्टै अघि बढ्ने जानकारी दिए ।

‘विकास निर्माणका काम अघि बढाउने विषयमा मैले गरेका प्रतिबद्धता र प्रतिज्ञाबाट म विचलित भएको छैन,’ उनले भने, ‘विकास निर्माणको कामलाई अगाडि बढाउने सवालमा दृढताका साथ लागिरहेको छु र आगामी दिनमा पनि निरन्तर लागिरहने छु ।’

कार्यक्रममा एमाले जिल्ला सदस्य सुष्मा श्रेष्ठ, शिव अधिकारी, डिलाराम बन्जाडेलगायतले आ–आफ्ना धारणा राखेका थिए ।  रासस
 

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ७ : ०२ बजे

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले

समाजका जीवित इतिहासः एक सय आठ वर्षीय भौना डगौरा

कञ्चनपुर – समाजमा ज्येष्ठ नागरिक केवल उमेरले पाका व्यक्तिमात्र होइनन्

ट्रम्प र जेलेन्स्कीबीच फ्लोरिडामा भेटवार्ता हुने

किएभ – रुसको आक्रमण अन्त्य गर्ने प्रयासबारे छलफल गर्न यसै

बैतडीमा दुई दिनदेखि बेपत्ता व्यक्ति मृत फेला, हत्याको आशङ्का

बैतडी – दुई दिनदेखि बेपत्ता रहेका जिल्लाको शिवनाथ गाउँपालिका–२ सनकोट

प्रधानमन्त्री भन्छिन्, ‘देश नै तहसनहस हुँदा पनि चेतेनन्, अब पुरानै तरिकाले चल्दैन’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले विचार फरक भए पनि राष्ट्रिय हितका