एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी « Khabarhub

एकैसाथ ३६ जिल्लाका सीडीओ सरूवा : पर्सामा दाहाल, कैलालीमा रेग्मी


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले देशभरका ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको एकसाथ सरुवा गरेको छ।

मन्त्रालयले आइतबार रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट र कपिलवस्तुसहितका प्रमुख जिल्ला अधिकारीहरूको सरूवा गरेको हो।

सरूवाका क्रममा मन्त्रालयले केही जिल्लामा नयाँ प्रजिअ तोकेको छ । अन्यलाई सरूवा गरेर नयाँ मुकाम तोकिएको छ ।

गृहले चीनसँग जोडिएको दोलखाका प्रजिअ भोला दाहाललाई भारतसँग जोडिएको पर्साको प्रजिअ बनाएर पठाएको छ।

उता सुस्ता पश्चिमका हिरालाल रेग्मीलाई सुदूरपश्चिमको राजधानीसमेत रहेको कैलालीको प्रजिअ बनाएर पठाइएको छ ।

जुम्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई अध्यागमन कार्यालय गौतम बुद्ध विमानस्थलको प्रमुख बनाइएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  ७ : २५ बजे

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी

मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी

क्वालालम्पुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई शुक्रबार १एमडिबी सरकारी लगानी कोषबाट

स्वास्थ्य संस्थाहरुको गतिविधि आपत्तिजनक : वैदेशिक रोजगार व्यवसायी सङ्घ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले सरकारले स्वास्थ्य परीक्षण शुल्कमा

बालेनका सहयोगी भन्छन्- नयाँहरू एक ठाउँमा आउँछौँ, तर अहिल्यै कुरा मिलिसकेको छैन

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका एक जना सहयोगीले राष्ट्रिय