जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको पेस्तोल खोलामा भेटियो « Khabarhub

जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको पेस्तोल खोलामा भेटियो


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल खोलामा फेला परेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका– ५, टीकाथलीबाट उक्त पेस्तोल आज बरामद भएको हो। साथमा ३ राउण्ड गोली पनि छ।

टाइप ५४ लेखिएको उक्त पेस्तोल प्रहरीसँग मात्रै छ। इमाडोल हुँदै महालक्ष्मी-५ बग्ने गोदावरी खोलामा हतियार देखिएको सूचना पाएपछि प्रहरीले बरामद गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।

हतियार कहाँबाट कसले त्यहाँ लग्यो, यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले वरिपरि जडान भएका सिसिटिभी फुटेजको अध्ययनपछि हतियार लुट्ने व्यक्ति र लुटिएको ठाउँ पहिचान गर्ने प्रहरी प्रमुख बोगटीले बताए।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १० : ३० बजे

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल