काठमाडौँ- जेन–जी आन्दोलनमा प्रहरीबाट लुटिएको चाइनिज पेस्तोल खोलामा फेला परेको छ।
ललितपुरको महालक्ष्मी नगरपालिका– ५, टीकाथलीबाट उक्त पेस्तोल आज बरामद भएको हो। साथमा ३ राउण्ड गोली पनि छ।
टाइप ५४ लेखिएको उक्त पेस्तोल प्रहरीसँग मात्रै छ। इमाडोल हुँदै महालक्ष्मी-५ बग्ने गोदावरी खोलामा हतियार देखिएको सूचना पाएपछि प्रहरीले बरामद गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।
हतियार कहाँबाट कसले त्यहाँ लग्यो, यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले वरिपरि जडान भएका सिसिटिभी फुटेजको अध्ययनपछि हतियार लुट्ने व्यक्ति र लुटिएको ठाउँ पहिचान गर्ने प्रहरी प्रमुख बोगटीले बताए।













प्रतिक्रिया