अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु « Khabarhub

अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु


९ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जारी शरद ऋतुमा अमादब्लम हिमाल आरोहण क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ। पर्यटन विभागका अनुसार हिमालयन भिजन ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिमार्फत गएको टोलीका फ्रान्सेली नागरिक हुगो लुसियो लाजारोको मृत्यु भएको हो।

६ कात्तिकमा अमादब्लम सफल आरोहण गरी फर्कने क्रममा स्वास्थ्यमा समस्या आएपछि उनलाई क्याम्प–३ बाट हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको थियो। उपचारका क्रममा ७ कात्तिकमा उनको मृत्यु भएको विभागले जनाएको छ।

यस्तै, ८के एक्सपिडिसनमार्फत अमादब्लम आरोहणमा गएका कोरियाली नागरिक होङखाई पार्कको आइतबार मृत्यु भएको विभागले पुष्टि गरेको छ। आरोहणका क्रममा उनी क्याम्प–१ र क्याम्प–२ बीचमा मृत्यु भएको जनाइएको छ।

विभागका अनुसार दुवै आरोहीको शव सम्बन्धित मुलुकमा पठाउने प्रयोजनका लागि आवश्यक समन्वय र सहजीकरण भइरहेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०८२, आइतबार  १० : ४५ बजे

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्

राष्ट्रियसभा निर्वाचन : निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १७ गते बिहीबार तदनुसारसन्