१० खेलाडीमा सीमित भिल्लारियलविरुद्ध बोरुसिया डोर्टमण्ड ४-० ले विजयी « Khabarhub

१० खेलाडीमा सीमित भिल्लारियलविरुद्ध बोरुसिया डोर्टमण्ड ४-० ले विजयी


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा भिल्लारियालविरुद्ध बोरुसिया डोर्टमण्डले ४-० को शानदार जित दर्ता गरेको छ। १० खेलाडीमा सीमित भिल्लारियालविरुद्ध डोर्टमण्ड हाबी भएको हो।

पहिलो हाफको पूरा समयसम्म गोलरहित बराबरी खेलेको डोर्टमण्डले अतिरिक्त समयमा सेरहु ग्विरासीको गोलमा १-० को अग्रता लिएको थियो। उसले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गर्दै तीन गोल गरेको हो।

खेलको ५२ औं मिनेटमा भिल्लारियालका जुआन फोएथले रातो कार्ड पाएपछि टिम थप दबाबमा परेको थियो।

१० खेलाडीमा सीमित भएको भिल्लारियलविरुद्ध डोर्टमण्डले दोस्रो हाफमा लगातार तीन गोल गरेको हो। खेलको ५४ औं मिनेटमा ग्विरासीले दोस्रो गोल गरे भने ५८ औं मिनेटमा करिम अडेयेमीले थप गोल गर्दै खेल एकतर्फी बनाए।

अतिरिक्त समयमा ड्यानियल स्वेन्सले गोल गर्दै ४-० को एकतर्फी शानदार जित दर्ता गरेका हुन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ६ : ४९ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्