यू-१९ प्रिमियर कप : निरज यादवको शतकमा नेपालको विजयी सुरुवात « Khabarhub

यू-१९ प्रिमियर कप : निरज यादवको शतकमा नेपालको विजयी सुरुवात


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालको यू-१९ टिमले युएईमा जारी एसिसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ। साउदी अरबविरुद्ध निजकुमार यादवको शतकीय इनिङमा नेपालले आठ विकेटको जित निकाल्दै शानदार सुरुवात गरेको हो।

यूएईको अजमानस्थित करवान ग्रुप मैदानमा नेपालले साउदीलाई आठ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो।

साउदीले दिएको २१९ रनको लक्ष्य नेपालले ३०.४ ओभरमा दुई विकेटको क्षतिमा भेट्टाएको हो।

नेपालका लागि यादवले ९० बलमा १३ चौका र एक छक्कासहित एक सय १४ रन बनाए। निश्चल क्षेत्रीले ६६ र वंश क्षेत्रीले ३० रन थपेका थिए।

पहिले ब्याटिङ गरेको साउदीले ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय १८ रन बनाएको थियो। साउदीका लागि मोहम्मद जुबेर सुनसाराले सर्वाधिक ४८ रन बनाउँदा मोहम्मद रेहान सिद्दीकीले ४१ र ओमै अहमद वहाबले ३९ रन थपेका थिए।

बलिङमा नेपालका अशोक धामीले दुई विकेट हात पार्दा दर्श सोनार, सिब्रिन श्रेष्ठ, सुशीलबहादुर रावल र दयानन्द मण्डलले एकएक विकेट लिएका थिए। नेपालले दोस्रो खेलमा हङकङसँग बिहीबार प्रतिस्पर्धा गर्दैछ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : २८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर