एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा « Khabarhub

एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र राष्ट्रिय सभागृहमा


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ ।

आगामी मंसिर २७ गते महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित सडक नजिकैको खुला चौरमा गर्न लागिएको हो । काठमाडौंको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि एमालेले महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरमा गर्ने भएको हो । महाधिवेशनको बन्द सत्र भने काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमै हुने भएको छ ।

यसबारेमा निर्णय गर्न महासचिव शंकर पोखरेल संयोजक रहेको सचिवालयले आवश्यक निर्णय लिनेछ । ‘भृकुटीमण्डपमा उद्घाटन गर्दा यातायात व्यवस्थापनदेखि कार्यकर्ता अटाउनसमेत समस्या हुने देखियो’, एमालेका एक नेताले भने, ‘भक्तपुरमा गर्दा हरेक हिसाबले भिड व्यवस्थापन गर्न सहज हुने भयो । यातायात पनि कम अवरुद्ध हुने भएकोले यो निर्णय गर्न लागिएको हो।’

एमालेले यसअघि एघारौं महाधिवेशन प‍ोखरामा गर्ने निर्णय लिइसकेको थियो । तर अन्तरिम सरकारले अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपत्यका छाड्न नदिने गरि स्थान हदमा राखेकाले काठमाडौं सारिएको थियो ।

यसअघि ५ मंसिरमा बसेको सचिवालय बैठकले विभिन्न समिति बनाइसकेको छ । त्यसबेला प्रतिनिधि व्यवस्थापन समिति संयोजक काशीनाथ अधिकारी र माधव ढुङ्गेल सचिव रहने गरी समिति गठन गरिएको थियो ।

त्यसैगरी प्रदीप ज्ञवाली र राजन भट्टराई जनपरिचालन समिति, छविलाल विश्वकर्मा संयोजक लालबाबु पण्डित सचिव रहेको आवास व्यवस्थापन समिति गठन भएको थियो ।

त्यस्तै खाद्य व्यवस्थापन समितिको संयोजक लेखराज भट्ट र भीष्म अधिकारी तथा गोकर्ण विष्ट र रचना खड्का रहेको यातायात समिति गठन भएको थियो ।

त्यस्तै रघुवीर र महेश बर्तौला रहेको अतिथि सत्कार समिति र पद्यमा अर्याल र राजेन्द्र प्रचार समिति गठन भइसकेको छ।

नेता भानुभक्त ढकाल र विनोद ढकाल स्वयंसेवक समिति र विनोद श्रेष्ठ र लोकबहादुर भण्डारी मञ्च व्यवस्थापन समिति तथा कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा स्वास्थ्य समिति, विष्णु रिमाल र विना श्रेष्ठ आर्थिक समिति गठन भएको थियो ।

त्यस्तै महासचिव शंकर पोखरेल नेतृत्वमा पृथ्वी सुब्बा गुरूङ र योगेश भट्टराई रहेको सचिवालय समिति बनेको छ । उता, विजय सुब्बाको संयोजकत्वमा निर्वाचन संयोजन समिति बनाउने निर्णय एमालेले गरिसकेको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : ३५ बजे

तीन दिनपछि खुल्यो बेँसीसहर–चामे सडक

लमजुङ– पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि

अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक बस्दै छ । मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य

सप्तकोशी ब्यारेजमा रात्रिकालीन मेलाको रौनक (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा सुनसरीको सप्तकोशी ब्यारेज क्षेत्रमा हरेक वर्ष

‘देउवा दाइको चाहना महाधिवेशन रोकेर गगनजीहरू संवादमा आऊन् भन्ने छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता रमेश लेखक पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र