असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू) « Khabarhub

असन–इन्द्रचोकको तरकारी बजार (तस्बिरहरू)


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको असन र इन्द्रचोक क्षेत्र देशकै प्रमुख र पुरानो व्यापारिक केन्द्र हो । लिच्छविकालदेखि नै व्यापारका लागि चर्चित असन–इन्द्रचोक क्षेत्र मल्लकालसम्म आइपुग्दा दक्षिणमा भारत र उत्तरमा तिब्बतसँगको मुख्य व्यापारिक केन्द्रसम्म स्थापित भएको थियो ।

दिनको समयमा जति गुल्जार बन्छ असन–इन्द्रचोक क्षेत्र बिहान र साँझको समयमा पनि त्यस्तै रहने गर्दछ ।असनदेखि इन्द्रचोकसम्मको करिब दुई सय मिटरको दूरीमा विभिन्न भाँडाकुँडा, लत्ताकपडा लगायत नुनदेखि सुनसम्म पाइने गर्दछ ।

यो क्षेत्रमा विभिन्न चाडपर्वमा किनमेल गर्न आउनेहरूको निकै बाक्लो भीड लाग्ने गर्दछ । बिहानको समयमा भने अधिकांश हरिया सागसब्जी, विभिन्न तरकारी, फलफूल लगायत तातो सेल रोटी किन्न र खान पाइन्छ ।

बिहानी समयको व्यापारलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले समयसीमा निर्धारण गरेको छ । एक वर्ष अघि ९ बजेसम्म व्यापार गर्न पाइने उक्त क्षेत्रमा अहिले भने बिहान ८ बजेसम्म मात्रै व्यापार गर्न पाइने नियम बनेको छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १० : ११ बजे

उदाउँदो सूर्यलाई अर्घ दिएर वासन्ती छठ समापन

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न