कार्यबाहक प्रमुख आयुक्त भण्डारीमाथि खनिए एमाले उपमहासचिव ज्ञवाली « Khabarhub

कार्यबाहक प्रमुख आयुक्त भण्डारीमाथि खनिए एमाले उपमहासचिव ज्ञवाली


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर विवाद भइरहेका बेला एमाले उपमहासचिव ज्ञवाली आयोगका कार्यबाहक प्रमुखमाथि खनिएका हुन् ।

कार्यबाहक प्रमुख आयुक्त भण्डारीले सुरक्षासम्बन्धी प्रसंगमा ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर पनि चुनाव भयो, केही हतियार बाहिर भएको भन्दै निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्ने टिप्पणी गरेका थिए। ज्ञवालीले यसलाई असान्दर्भिक तुलना र तथ्यहीन अभिव्यक्तिका रुपमा टिप्पणी गर‍ेका छन् ।

ज्ञवालीले एक राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्व अन्त्य गर्न अपनाइएका विशेष व्यवस्थाहरूको तुलना आपराधिक उद्देश्यले लुटिएका हतियारसँग गर्नु नै गैरसंगत रहेको बताए ।

उनले माओवादी शस्त्र नियमनसम्बन्धी ऐतिहासिक तथ्यहरूको उल्लेख गर्दै भने, ‘माओवादीका हतियारहरू दुईवटा चाबीको संयन्त्रमा कन्टेनरमा राखिएका थिए, लडाकुहरू २८ शिविरमा सीमित थिए र अनमिनको निगरानीमा सबै प्रक्रिया चल्थ्यो। यी कुराहरू प्रमुख आयुक्तलाई थाहा हुनु पर्ने हो।’

उनले संविधानसभापूर्वका चुनावमा लडाकु र हतियार दुवै प्रयोग भएको भनेर आयोगले त्यसको उचित विश्लेषण गर्नुपर्ने बताए।

ज्ञवालीले संवेदनशील पदमा बसेका व्यक्तिबाट सुरक्षा जस्तो गम्भीर विषयमा जिम्मेवार अभिव्यक्ति अपेक्षित हुने भन्दै कार्यबाहक आयुक्तको टिप्पणी ‘गैरजिम्मेवार र अनुचित’ रहेको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १२ : ३१ बजे

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी– ट्याक्टरको ठक्करबाट गुल्मीको मदाने गाउँपालिकाका एक युवाको मृत्यु भएको

जय ट्रफी फाइनल : आर्मीले दिएको २२२ रनको लक्ष्य पछ्याउँदै पुलिस

काठमाडौँ – जय ट्रफी मेन्स एलिट कप क्रिकेटको फाइनल खेल

काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व

कैलाली भन्सारबाट ५ अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली– कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा पाँच अर्ब