कार्यबाहक प्रमुख आयुक्त भण्डारीमाथि खनिए एमाले उपमहासचिव ज्ञवाली « Khabarhub

कार्यबाहक प्रमुख आयुक्त भण्डारीमाथि खनिए एमाले उपमहासचिव ज्ञवाली


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीको अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर विवाद भइरहेका बेला एमाले उपमहासचिव ज्ञवाली आयोगका कार्यबाहक प्रमुखमाथि खनिएका हुन् ।

कार्यबाहक प्रमुख आयुक्त भण्डारीले सुरक्षासम्बन्धी प्रसंगमा ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर पनि चुनाव भयो, केही हतियार बाहिर भएको भन्दै निर्वाचन हुन सक्दैन भन्नु गलत हो’ भन्ने टिप्पणी गरेका थिए। ज्ञवालीले यसलाई असान्दर्भिक तुलना र तथ्यहीन अभिव्यक्तिका रुपमा टिप्पणी गर‍ेका छन् ।

ज्ञवालीले एक राजनीतिक उद्देश्यसहितको सशस्त्र द्वन्द्व अन्त्य गर्न अपनाइएका विशेष व्यवस्थाहरूको तुलना आपराधिक उद्देश्यले लुटिएका हतियारसँग गर्नु नै गैरसंगत रहेको बताए ।

उनले माओवादी शस्त्र नियमनसम्बन्धी ऐतिहासिक तथ्यहरूको उल्लेख गर्दै भने, ‘माओवादीका हतियारहरू दुईवटा चाबीको संयन्त्रमा कन्टेनरमा राखिएका थिए, लडाकुहरू २८ शिविरमा सीमित थिए र अनमिनको निगरानीमा सबै प्रक्रिया चल्थ्यो। यी कुराहरू प्रमुख आयुक्तलाई थाहा हुनु पर्ने हो।’

उनले संविधानसभापूर्वका चुनावमा लडाकु र हतियार दुवै प्रयोग भएको भनेर आयोगले त्यसको उचित विश्लेषण गर्नुपर्ने बताए।

ज्ञवालीले संवेदनशील पदमा बसेका व्यक्तिबाट सुरक्षा जस्तो गम्भीर विषयमा जिम्मेवार अभिव्यक्ति अपेक्षित हुने भन्दै कार्यबाहक आयुक्तको टिप्पणी ‘गैरजिम्मेवार र अनुचित’ रहेको टिप्पणी गरेका छन्।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १२ : ३१ बजे

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र