एनएमएको अध्यक्षका लागि डा. दवाडीको उम्मेदवारी घोषणा  « Khabarhub

एनएमएको अध्यक्षका लागि डा. दवाडीको उम्मेदवारी घोषणा 


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्षका लागि डा. विश्वराज दवाडीले उम्मेदवारी घोषणा गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत पाँच बुँदे कार्ययोजना प्रस्तुत गर्दै उनले एनएमएको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । डा। दवाडी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।

नेपाल मेडिकल काउन्सिलका निवर्तमान सदस्य रहेका उनी यसअघि नेपाली कांग्रेस निकट चिकित्सकहरूको संगठन प्रजातान्त्रिक चिकित्सक संघको सचिव थिए । 

उनले चिकित्सकहरूको पूर्ण सुरक्षा र शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, वृत्ति विकास र विदेश पलायनलाई नियन्त्रण गर्ने कार्ययोजना अगाडि सारेका छन् । 

सैगरी, स्वास्थ्य नीतिमा एनएमएको निर्णायक हस्तक्षेप र भूमिकालाई सशक्त र निर्णायक बनाउने, एनएमएको आन्तरिक शुद्धीकरण र पारदर्शितामा जोड दिने र चिकित्सकहरूको एकता र सम्मानका लागि काम गर्नेलगायतका कार्ययोजना अगाडि सारेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १२ : ५९ बजे

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक