पृथ्वी सुब्बासहित महेश बस्नेत धनगढीतिर, विरोधमा युवाको प्रदर्शन « Khabarhub

पृथ्वी सुब्बासहित महेश बस्नेत धनगढीतिर, विरोधमा युवाको प्रदर्शन


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलालीको धनगढीतिर लागेका छन् । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि साथमा लिएर उनी जहाजमा धनगढीतिर लागेका हुन् ।

उनी धनगढी आउने थाहा पाएपछि युवाहरूको एउटा समूह प्रदर्शनमा उत्रिएको छ ।

जेन-जी युवाहरूको एउटा समूह धनगढीको डिभोटी होटल आसपासको सडकमा प्रदर्शनमा उत्रिएपछि बाक्लो संख्यामा प्रहरी तैनाथ गरएको छ।

उनीहरू धनगढी बजार क्षेत्रको सडकमा प्लेकार्डसहित बस्नेतविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

जेन-जी आन्दोलनपछि सबैभन्दा पहिले एमालेको तर्फबाट बोलेर सडकमा उत्रिने उनै बस्नेत हुन् ।

बस्नेत यसबीचमा कोशीसहितका प्रदेशमा पुगिसकेका छन् । विरोधको सामना गर्दै उनले एमाले र युवा संघलाई चलायमान बनाउने अभियान चलाएका छन् ।

देशका विभिन्न भूभागमा उनी पुगिरहँदा विरोध पनि भइरहेको छ। उनको विरोधका नाममा बाराको सिमरामा हिंसात्मक झडप नै भएको छ। उता विराटनगरमा पनि उनी सवार गाडीमा जेन-जीका नाममा कांग्रेसनिकट युवाहरूले रातो रंग हानेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : १२ बजे

पोखरा विश्वविद्यालयका चार संकायमा डिन नियुक्तिका लागि आवेदन आह्वान

पोखरा – पोखरा विश्वविद्यालयले चारवटै संकायमा खुला प्रतिस्पर्धाका आधारमा डिन

कान्ति राजमार्गको एकतर्फी नियम हटाइयो

हेटौँडा – हेटौँडाबाट काठमाडौँ जोड्ने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति

‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक