पृथ्वी सुब्बासहित महेश बस्नेत धनगढीतिर, विरोधमा युवाको प्रदर्शन « Khabarhub

पृथ्वी सुब्बासहित महेश बस्नेत धनगढीतिर, विरोधमा युवाको प्रदर्शन


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका पोलिट्ब्युरो सदस्य महेश बस्नेत कैलालीको धनगढीतिर लागेका छन् । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई पनि साथमा लिएर उनी जहाजमा धनगढीतिर लागेका हुन् ।

उनी धनगढी आउने थाहा पाएपछि युवाहरूको एउटा समूह प्रदर्शनमा उत्रिएको छ ।

जेन-जी युवाहरूको एउटा समूह धनगढीको डिभोटी होटल आसपासको सडकमा प्रदर्शनमा उत्रिएपछि बाक्लो संख्यामा प्रहरी तैनाथ गरएको छ।

उनीहरू धनगढी बजार क्षेत्रको सडकमा प्लेकार्डसहित बस्नेतविरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

जेन-जी आन्दोलनपछि सबैभन्दा पहिले एमालेको तर्फबाट बोलेर सडकमा उत्रिने उनै बस्नेत हुन् ।

बस्नेत यसबीचमा कोशीसहितका प्रदेशमा पुगिसकेका छन् । विरोधको सामना गर्दै उनले एमाले र युवा संघलाई चलायमान बनाउने अभियान चलाएका छन् ।

देशका विभिन्न भूभागमा उनी पुगिरहँदा विरोध पनि भइरहेको छ। उनको विरोधका नाममा बाराको सिमरामा हिंसात्मक झडप नै भएको छ। उता विराटनगरमा पनि उनी सवार गाडीमा जेन-जीका नाममा कांग्रेसनिकट युवाहरूले रातो रंग हानेका थिए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : १२ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली