रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने « Khabarhub

रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज, निर्वाचन केन्द्रित भूमिकामा खटाउने


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई जिम्मेवारीबाट हटाएको छ।

मंगलबार बसेको सचिवालय बैठकले पुराना इन्चार्जलाई धन्यवाद दिँदै अब प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको हो।

रास्वपाका कोशी प्रदेश इन्चार्ज सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल जिम्मेवारीमा थिए। तीमध्ये कोशी इन्चार्ज परियारले यसअघि नै पार्टी त्यागिसकेका छन्।

सचिवालय बैठकले उनीहरूको स्थानमा अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्ज तोक्ने तयारी गरेको छ। रास्वपा बैठकले पार्टी एकताको प्रक्रियालाई गति दिएर नयाँ जिम्मेवारी तोक्न प्रदेश इन्चार्ज हटाएको जनाएको छ । बैठकले राजनीतिक संवाद, संगठन संरचना र आगामी चुनाव केन्द्रित गतिविधिबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।

प्रमुख निर्णयहरू

१. राजनीतिक संवादलाई अघि बढाउने

विभिन्न दल, समूह र व्यक्तिसँग भइरहेको संवादबारे उच्च संवाद समितिले ब्रिफिङ दिएको बैठकले सम्भावित राजनीतिक सहकार्यलाई तार्किक निष्कर्षमा पुर्‍याउन सचिवालयले आवश्यक समन्वय गर्ने निर्णय गरेको छ। सुशासन र द्रूत विकासमा विश्वास गर्ने सबै वैकल्पिक शक्तिलाई एकजुट हुन पनि आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।

२. आयोगका रिक्त पदपूर्ति

केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगमा रहेका रिक्त पद पूर्तिका लागि केन्द्रीय समिति सदस्यहरूबाट योग्य व्यक्तिको सिफारिस माग्ने निर्णय भएको प्रवक्ता मनिष झाले बताएका छन् ।

३. प्रदेश इन्चार्ज परिवर्तन

हालसम्म प्रदेश इन्चार्जका रूपमा काम आएका सचिवालय सदस्यहरूलाई धन्यवाद दिँदै अब उनीहरूलाई आगामी निर्वाचन केन्द्रित भूमिकामा लगाउने बताइएको छ। अब प्रदेश इन्चार्ज केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय भएको झाले बताएका छन् ।

४. र्‍यापिड एक्सन टिम गठन

देशका सबै पालिकाहरूमा र्‍यापिड एक्सन टिम (आरएटी) गठन गर्ने निर्णय रास्वपाले गरेको छ । यसका लागि प्रदेश तथा जिल्ला संगठनलाई निर्देशन दिने निर्णय गरिएको झाले बताए ।

५. कीर्तिपुर नगर समिति विघटन

कार्यसम्पादन मूल्यांकनका आधारमा पार्टी विधानको धारा ७० अनुसार कीर्तिपुर नगर समिति विघटन गर्ने निर्णय बैठकले गरेको झाले बताए । कीर्तिपुरमा भएको स्थानीय तहको उपनिर्वाचन पनि रास्वपाले प्रतिस्पर्धा नगरी पछि हटेको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : २४ बजे

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार

स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा प्रदेश अस्पताल पर्वत सङ्कटमा

पर्वत– लामो समयदेखि स्वास्थ्य बीमाको रकम भुक्तानी नपाउँदा पर्वतको एकमात्र