बिहे, ब्रतबन्ध र घुम्न जाँदा पनि स्थानीय तहका गाडी, सतर्कता केन्द्रले भन्यो : दुरुपयोग रोकौँ « Khabarhub

बिहे, ब्रतबन्ध र घुम्न जाँदा पनि स्थानीय तहका गाडी, सतर्कता केन्द्रले भन्यो : दुरुपयोग रोकौँ


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले देशभरका स्थानीय तहमा भइरहेको सरकारी सवारी साधन दुरुपयोग रोक्न पत्र काटेको छ।

अधिकांश स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरूले सरकारी सवारी साधन र अन्य सुविधा दुरुपयोग गरिरहेको उजुरी प्राप्त भएको केन्द्रले जनाएको छ।

आएका उजुरी अनुसार, पदाधिकारीहरूले विवाह, ब्रतबन्ध, मलामी, घुमफिर र व्यक्तिगत काममा सरकारी सवारी साधन प्रयोग गर्दै इन्धन र चालकको दैनिक भत्ता तथा मर्मतमा करोडौं रकम खर्च गरिरहेको पाइएको सतर्कता केन्द्रले उल्लेख गरेको छ।

हिमाली जिल्लाका स्थानीय तहका हाकिम र जनप्रतिनिधिहरूले समेत कानुन विपरीत भान्सा तथा आवास सुविधा लिएको उजुरीमा उल्लेख गरिएको छ।

ती उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत राष्ट्रिय सतर्कता केन्द्रमा आएका हुन्।

केन्द्रको उजुरी व्यवस्थापन समितिले मिति मंसिर ३ गते निर्णय गर्दै सबै स्थानीय तहलाई निर्देशित गरेको हो ।

सरकारी सवारी साधन, सुविधा र इन्धन प्रयोगमा प्रचलित कानुनको पूर्ण पालना गर्न र आवश्यक कार्यविधि एवम् मापदण्ड बनाएर पालना गराउनुपर्ने केन्द्रले भनेको छ।

स्थानीय तहको सम्बन्धित मन्त्रालयले यस निर्देशनको परिपत्र जारी गरी केन्द्रलाई जानकारी उपलब्ध गराउनुपर्ने भएको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १ : ३९ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार ४४२ कर्मचारी खटाइने

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

वीरगन्ज हुँदै ६ महिनामा साढे ७ अर्बको दलहन भित्रियो

पर्सा– वीरगन्ज हुँदै चालु आर्थिक वर्षको ६ महिनामा सात अर्ब

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली