सर्वोच्च आगजनी प्रकरणमा पक्राउ परे ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल « Khabarhub

सर्वोच्च आगजनी प्रकरणमा पक्राउ परे ल क्याम्पसका पूर्वस्ववियु सभापति ढुंगेल


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा एकजना पूर्वस्ववियु सभापति पक्राउ परेका छन् ।

यसअघि उक्त प्रकरणमा पक्राउ परेका दुईजनाको बयानका आधारमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल बुधबार पक्राउ परेका हुन् ।

ढुंगेल तत्कालीन नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका नेतासमेत हुन् । २०७९ सालमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उनी ल क्याम्पसको सभापतिमा विजयी भएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु र जिल्ला प्रहरी परिसर, भद्रकालीको संयुक्त टोलीले लामो अनुसन्धानपछि ढुंगेललाई चितवनबाट पक्राउ गरेको हो ।

यसअघि पक्राउ परेका झापाको भद्रपुर नगरपालिका–१ का २८ वर्षीय ज्योति थापा घताने र ललितपुर, महालक्ष्मीस्थान नगरपालिका–५ का ३० वर्षीय ब्राउन भनिने सुशील श्रेष्ठको बयानका आधारमा ढुंगेल समातिएका हुन् । उनीहरूलाई आपराधिक उपद्र्व मुद्दामा म्याद थपेर हिरासतमा राखिएको छ।

उक्त घटनामा तत्कालीन नेकपा माओवादी केन्द्रको अखिल क्रान्तिकारीका नेता तथा ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेल पनि प्रत्यक्ष संलग्न रहेको पाइएको छ। प्रहरीले संकलन गरेको फोटो र भिडियो फुटेजबाट सर्वोच्च जलाउने काममा ढुंगेल पनि संलग्न भएको पुष्टि भएपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका घताने र श्रेष्ठले ढुंगेलसहितले उकासेपछि सर्वोच्च जलाउन पुगेको बयान प्रहरीलाई दिएका छन् । उनीहरूको बयानका आधारमा ढुंगेलको पहिचान गरेर प्रहरीले खोजी अभियान चलाएको थियो ।

ढुंगेल अधिवक्ता पनि हुन् । सर्वोच्चमा आगजनी हुँदा ढुंगेल भीडको अग्रभागमा आक्रोशित देखिएका थिए । उनी सर्वोच्च परिसरमा रहेका भिडियो अहिले भाइरल भएका छन् । ढुंगेलले भिडलाई सर्वोच्च र न्यायाधीशहरू प्रति आक्रोश देखाउँदै जलाउन उकासेको भिडियोमा सुन्न सकिन्छ ।

यसअघि नै सर्वोच्च अदालतले आगजनी गर्नेहरूविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएपछि अनुसन्धान अघि बढेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले ढुंगेललाई चितवनबाट पक्राउ गरिएको पुष्टि गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ३ : ३७ बजे

महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन-जीहरू युवासंघबाट कुटिए

धनगढी- सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले

विराटनगरले लियो चितवनको पहिलो विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर

कित्ताकाट खुलेसँगै भोजपुर नापी कार्यालयमा सेवाग्राहीको चाप बढ्यो

भोजपुर– बन्द रहेको जग्गा कित्ताकाट सेवा पुनः सुचारु भएसँगै नापी

जेलभित्रै इमरान खानको ‘हत्या’को खबर फैलिएपछि सनसनी, हजारौँ समर्थक प्रदर्शनमा उत्रिए

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जनवरी २०२५ देखि रावलपिन्डीको जेलमा

शान्ति सम्झौता गर्ने आशामा दूत विटकफलाई मस्को पठाउने ट्रम्पको तयारी

वासिङ्टन– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफलाई