महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन-जीहरू युवासंघबाट कुटिए « Khabarhub

महेश बस्नेतविरुद्ध नाराबाजी गरिरहेका धनगढीका जेन-जीहरू युवासंघबाट कुटिए


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिमको राजधानी धनगढीमा नेकपा एमालेनिकट युवा संघ नेपालका कार्यकर्ताहरूले नाराबाजी गरिरहेका जे-नजी युवाहरूलाई कुटपिट गरेका छन्।

धनगढी बजारको कभर्डहल अगाडि एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतविरूद्ध चर्को नाराबाजी गरिरहेका २४ जना बढी जेन-जीको समूहमाथि युवा संघका कार्यकर्ता जाइलागेका हुन् ।

बस्नेतको बिरोधमा सडकमा प्लेकार्डसहित चर्को नाराबाजीसहित प्रदर्शनरत जेन-जीहरूलाई मोटरसाइकलमा आएका युवा संघका कार्यकर्ताले कुटपिट गरेका हुन्।

कुटपिटबाट धनगढी उपमहानगरपालिका-४ की जेन-जी नेतृ सरिता जोशीको हातमा चोट लागेको छ। जोशीलाई निसर्ग अस्पतालमा लगिएको छ। आक्रमणमा गोपाल बोहरा लगायत युवा पनि सामान्य घाइते भएका छन् ।

जेन-जीहरूले प्रहरीले आफ्नो सुरक्षा नगरेको गुनासो गरेका छन् । युवा संघका कार्यकर्ताहरूलाई आफूहरूमाथि आक्रमण गर्न प्रहरीले छाडिदिएको उनीहरूको गुनासो छ।

महेश बस्नेत र एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ धनगढीमा उत्रिँदा सम्भावित झडप हुन नदिन होटल डिभोटी र कभर्डहल क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : १३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली