चितवनका दुवै ओपनर विराटनगरका मर्चेन्टको शिकार  « Khabarhub

चितवनका दुवै ओपनर विराटनगरका मर्चेन्टको शिकार 


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको चितवन राइनोजका दुवै ओपनर सस्तैमा आउट भएका छन् । 

ओपनरद्वय दीपक बोहोरा र डेविड मलानलाई विराटनगरका मर्चेन्ट डे लाङ्गेले आउट गराएका हुन् । 

दोस्रो विकेटका रुपमा ३ ओभरको चौथो बलमा आउट भएका डेविडले ९ बलमा १७ रन जोडे । तीन चौका प्रहार गरेका उनलाई मर्चेन्टले बोल्ट गरे ।

 पहिलो विकेटका रुपमा ओपर दीपक बोहोरा आउट भएका हुन् । खेल दोस्रो ओभरको तेस्रो बलमा पुग्दा उनी ५ बलमा ५ रन जोडेर आउट भएका हुन् । उनलाई मर्चेन्टले नै विकेट किप्पर लोकेश बममार्फत् क्याट आउट गराएका हुन् । 

खेल चार ओभरमा पुग्दा चितवन २ विकेटको क्षतिमा २४ रनको सामान्य अवस्थामा छ । 

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर चितवनले पहिला ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : २३ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर