आर्टुडियोद्वारा नयाँ पाटन विंग र ‘अनसिन’ प्रदर्शनी उद्घाटन   « Khabarhub

आर्टुडियोद्वारा नयाँ पाटन विंग र ‘अनसिन’ प्रदर्शनी उद्घाटन  


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पाटन – आर्टुडियोले नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ गर्दै ‘अनसीन’ नामक पप-अप प्रदर्शनी उद्‌घाटन गरेको छ। शुक्रबार सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृतिहरू प्रस्तुत छन्।

क्युरेटर कैलाश के. श्रेष्ठद्वारा तयार गरिएको प्रदर्शनीले आर्टुडियोको समावेशिता र समुदायकेन्द्रित सृजनात्मक अभ्यासप्रतिको प्रतिबद्धता झल्काएको छ। आकार फाउन्डेशनको सहकार्यमा आर्टुडियो र अटिज्म केयर नेपाल सोसाइटीमा सञ्चालन गरिएका कार्यशालाहरूको परिणामस्वरूप अन सीनको सिर्जना भएको हो।

प्रदर्शनीमा प्रस्तुत कलाकृतिहरू कलाकारहरूको व्यक्तिगत अनुभूति, खोज–अनुसन्धान र सहज प्रयोग–अनुभवलाई झल्काउँछन्। रंग, रेखा, अमूर्त आकार र दृश्य संरचनाहरू मार्फत कलाकारहरूले आफ्नै तरिकाले संसार बुझ्ने दृष्टिकोण देखाएका छन्।

क्युरेटर कैलाश के. श्रेष्ठले भने, ‘अन सीन अटिजमसँग सम्बन्धित मात्र होइन, यो आफ्नै तरिकाले संसार बुझ्ने कलाकारहरूको प्रदर्शनी हो। यसले कलालाई पहिचान र सम्भावनाको माध्यमका रूपमा प्रस्तुत गर्छ।’

अघिल्लो संस्करणमा सहभागी कलाकारहरूले नौ वटा कलाकृति बिक्री गर्न सफल भएका थिए, जसले उनीहरूको पहिलो आम्दानी सुनिश्चित गरेको थियो। यस संस्करणले तिनीहरूलाई थप अवसर, पहिचान र सृजनात्मक उन्नतिको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ।

आर्टुडियोको नयाँ पाटन विंगलाईअन सीनबाट सुरु गर्नु समावेशी सहकार्य र सामुदायिक सशक्तिकरणको संकेत हो। यसले नेपालमा समकालीन कला र न्युरोडाइभर्स सृजनात्मकताबारे नयाँ बहसको थालनी गरेको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : ३८ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण