एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण शुभारम्भ « Khabarhub

एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेसन र प्रसारण लाइन निर्माण शुभारम्भ


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा एमसीए नेपालले आज एक कार्यक्रमको आयोजना गरी न्यू बुटवल सबस्टेन र १८ किमी प्रसारण लाइन निर्माण शुभारम्भ गरेको छ ।

अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गरेका हुन् ।

अर्थमन्त्री खनालले यो सबस्टेन र प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै प्रत्यक्ष रूपमा दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

 उनले भने, ‘स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्‍याउने सरकारको सशक्त प्रतिबद्धता यस आयोजनामा प्रतिबिम्बित भएको छ । एमसीसी र एमसीए नेपालको सहयोगबाट हामी राष्ट्रको हितका लागि सम्झौतालाई कार्य रूपमा रूपान्तरण गर्दैछौँ ।’

राजदूत थम्प्सनले दुई वर्षदेखि निरन्तर प्रयास गर्दै आज यहाँसम्म आइपुगेको बताए । 

उनले भने, ‘यसले नेपालका लागि आर्थिक वृद्धिसँगै खुला व्यापारमा पनि वृद्धि हुनेछ । प्रसारण लाइन तथा सबस्टेसनजस्ता आयोजनाले परिवार तथा व्यवसायमा सहज विद्युत् आपूर्ति विस्तार गर्नुका साथै मुलुकभरि व्यापार वृद्धि, रोजगारी तथा प्रगतिका लागि अवसरहरू सिर्जना गर्नेछ । आजको यो कार्यक्रम सहकार्यबाट केकति हासिल गर्न सकिन्छ भन्ने प्रमाण हो ।’

जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौतीप्रसाद यादवले परियोजनामार्फत स्थानीयलाई सीपको आधारमा समेट्न सक्नेगरी अगाडि बढ्नुपर्ने बताए। उनले भने,’यो परियोजनालाई सबैले हातेमालो गरी अगाडि बढाउँदै लैजानुपर्छ ।’

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ । अर्थमन्त्री खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलगायत स्थानीय जनप्रतिनिधिको उपस्थितिमा निर्माण शुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो ।

निर्माण सुरु भएको १८ किमी प्रसारण लाइनले ४०० केभी न्यू बुटवल सवस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । करिब पाँच करोड अमेरिकी डलर लगानीमा निर्माण गरिने यी पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको ऊर्जा व्यापार सम्झौतालाई सघाउ पुर्‍याउनेछ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ४ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब