विराटनगरका कप्तान सन्दीपले लिए चितवनको चौथो विकेट « Khabarhub

विराटनगरका कप्तान सन्दीपले लिए चितवनको चौथो विकेट


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको चितवन राइनोजका सुरुवातीक्रमका चार ब्याटर आउट भएका छन् । 

विराटनगरका कप्तान सन्दीप लामिछानेले चितवनको चौथो विकेटका रुपमा शैफ जबलाई साम हिजलेटमार्फत् क्याच आउट गराएका हुन् ।

१३ ओभरको चौथो बलमा आउट भएका शैफले ३० बलमा १ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे । खेल १४ ओभरमा पुग्दा चितवन ४ विकेटको क्षतिमा ११५ रनको अवस्थामा छ ।

 तेस्रो विकेटका रुपमा देव खनाललाई सन्दीपले नै साम हिजलेटमार्फत् क्याच आउट गराएका हुन् । खनालले २२ बलमा ३ चौका र एक छक्काको सहयोगमा २८ रन जोडे । 

त्यसअघि ओपनरद्वय दीपक बोहोरा र डेविड मलानलाई विराटनगरका मर्चेन्ट डे लाङ्गेले आउट गराएका हुन् । 

दोस्रो विकेटका रुपमा ३ ओभरको चौथो बलमा आउट भएका डेविडले ९ बलमा १७ रन जोडे । तीन चौका प्रहार गरेका उनलाई मर्चेन्टले बोल्ट गरे । 

पहिलो विकेटका रुपमा ओपर दीपक बोहोरा आउट भएका हुन् । खेल दोस्रो ओभरको तेस्रो बलमा पुग्दा उनी ५ बलमा ५ रन जोडेर आउट भएका हुन् । उनलाई मर्चेन्टले नै विकेट किप्पर लोकेश बममार्फत् क्याट आउट गराएका हुन् । 


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर चितवनले पहिला ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ०७ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर