विराटनगरका कप्तान सन्दीपले लिए चितवनको चौथो विकेट « Khabarhub

विराटनगरका कप्तान सन्दीपले लिए चितवनको चौथो विकेट


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबारको खेलमा विराटनगर किङ्सविरुद्ध पहिला ब्याटिङ गरिरहेको चितवन राइनोजका सुरुवातीक्रमका चार ब्याटर आउट भएका छन् । 

विराटनगरका कप्तान सन्दीप लामिछानेले चितवनको चौथो विकेटका रुपमा शैफ जबलाई साम हिजलेटमार्फत् क्याच आउट गराएका हुन् ।

१३ ओभरको चौथो बलमा आउट भएका शैफले ३० बलमा १ चौका र १ छक्काको सहयोगमा ३२ रन जोडे । खेल १४ ओभरमा पुग्दा चितवन ४ विकेटको क्षतिमा ११५ रनको अवस्थामा छ ।

 तेस्रो विकेटका रुपमा देव खनाललाई सन्दीपले नै साम हिजलेटमार्फत् क्याच आउट गराएका हुन् । खनालले २२ बलमा ३ चौका र एक छक्काको सहयोगमा २८ रन जोडे । 

त्यसअघि ओपनरद्वय दीपक बोहोरा र डेविड मलानलाई विराटनगरका मर्चेन्ट डे लाङ्गेले आउट गराएका हुन् । 

दोस्रो विकेटका रुपमा ३ ओभरको चौथो बलमा आउट भएका डेविडले ९ बलमा १७ रन जोडे । तीन चौका प्रहार गरेका उनलाई मर्चेन्टले बोल्ट गरे । 

पहिलो विकेटका रुपमा ओपर दीपक बोहोरा आउट भएका हुन् । खेल दोस्रो ओभरको तेस्रो बलमा पुग्दा उनी ५ बलमा ५ रन जोडेर आउट भएका हुन् । उनलाई मर्चेन्टले नै विकेट किप्पर लोकेश बममार्फत् क्याट आउट गराएका हुन् । 


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर चितवनले पहिला ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ०७ बजे

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको