एआईजीपी कार्कीसहित तीन प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न « Khabarhub

एआईजीपी कार्कीसहित तीन प्रहरी अधिकारीले लगाए दर्ज्यानी चिह्न


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पदोन्नति भएका तीनजना प्रहरी अधिकारीलाई बुधबार आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्न लगाइदिएका छन् ।

मंसिर ८ गतेको मन्त्रिपरिषद् र गृहमन्त्रालयको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका ईश्वर कार्की, प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका विश्व अधिकारी र प्राविधिक समूहमा वरिष्ठ प्रहरी उपरीक्षबाट प्राविधिक नायब महानिरीक्षकमा पदोन्नति भएका राजकुमार चौधरीले दर्ज्यानी चिह्न लगाएका हुन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षीक दानबहादुर कार्कीले पदोन्नति जेष्ठता, कार्यकुशलता र व्यावसायिक निष्ठाको मूल्याङ्कनका आधारमा भएको बताए ।

उनले नयाँ जिम्मेवारीले संगठनलाई थप प्रभावकारी बन्न मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले देश संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै प्रहरी सेवामा निष्ठा, शिष्ट व्यवहार र उत्कृष्ट आचरणलाई प्राथमिकता दिन निर्देशन दिए।

अतिरिक्त महानिरीक्षक कार्कीले पदोन्नति भएका अधिकारीहरूको तर्फबाट बोल्दै जिम्मेवारी इमानदारीपूर्वक गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : १८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली