फर्जी पीएचडीबाट परीक्षा नियन्त्रकको जागिर, त्रिविका चार प्राध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

फर्जी पीएचडीबाट परीक्षा नियन्त्रकको जागिर, त्रिविका चार प्राध्यापकविरूद्ध भ्रष्टाचार मुद्दा


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयका सह-प्राध्यापक डिल्लीराम प्रसाईसहित चार जनाविरुद्ध फर्जी पीएचडी प्रमाणपत्र पेश गरेर सह–परीक्षा नियन्त्रक पदमा जागिर खाएको आरोपमा भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियारका अनुसार प्रसाईंले अधुरो पीएचडी शोधपत्र परिमार्जनका लागि स्थगनमा रहेको अवस्थामा आफूले पीएचडी प्राप्त भएको झुटा विवरण प्रस्तुत गर्दै ८ अंकको शैक्षिक अंक लिन सफल भएका थिए।

यही अंकको आधारमा उनी २०८१ मंसिर १८ गते विराटनगरस्थित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयका सह–परीक्षा नियन्त्रकमा नियुक्त भएका थिए।

छानबिनमा प्रसाईले विभिन्न कागजात, सीभी, प्रमाणपत्र र सेमिनारका सर्टिफिकेटमा ‘डा.’ उपाधि प्रयोग गरेको, झुटा प्रमाण संलग्न गरेको र पद पाउन बदनियतपूर्वक विवरण पेश गरेको पाइएको अख्तियारले जनाएको छ।

अख्तियारले छनोट समितिका संयोजक प्रा. डा. जयालक्ष्मी प्रधान र सदस्यहरू प्रा. डा. मोतीलाल शर्मा र प्रा. डा. मेघराज पोख्रेलले प्रसाईसँग मिलेमतो गरी चयन प्रक्रिया प्रभावित पारेको निष्कर्ष निकालेको छ।

उनीहरूले आधिकारिक प्रमाणपत्र नहेरी विद्यावारिधि अंक दिएको खुलेको छ । गलत रिपोर्टसहित जागिरमा सिफारिस गरेकाले उनीहरूविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको हो ।

आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ का विभिन्न दफाबमोजिम कैद र जरिवानाको मागदाबी गरेको छ।

प्रसाईंमाथि मुख्य कसूरदारसरह सजाय हुनुपर्ने माग अख्तियारले विशेष अदालतमा गरेको प्रवक्ता राजेन्द्र पौडेलले बताएका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : २७ बजे

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राज्य अमेरिकाकी राजनीतिक मामिला

स्वास्थ्य मन्त्रालयमा थपियो ९७७ दरबन्दी

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापनको

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड

वैद्यज अर्गनाइजेसनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता

काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल घराना वैद्यज अर्गनाइजेसन नेपालका लागि

आर्थिक गणना : दश लाख बढी व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन

काठमाडौं – राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणनाअन्तर्गत करिब