बोपाराको आक्रामक ब्याटिङमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य « Khabarhub

बोपाराको आक्रामक ब्याटिङमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन राइनोजका रवि बोपाराको आक्रामक ब्याटिङमा विराटनगर किङ्सले १७५ रनको लक्ष्य पाएको छ । 

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

 चितवनले ८ ओभरको दोस्रो बलमा ३ विकेट गुमाएर ६६ रनको अवस्थामा हुँदा बोपारा क्रिजमा गएका थिए । 

उनी अन्तिम ओभरको चौथो बलमा आउट भए । उनले ३८ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६५ रन जोड्दा ब्याटिङ उकासिएर चितवन ५ विकेटको क्षतिमा १७१ रनको अवस्थामा पुगेको थियो ।

यस इनिङको सर्वाधिक रन जोड्ने बोपाराले यस सिजनमा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गरेका छन् । लगातारका तीन खेलमा उनले अर्धशतक हानेका हुन् ।

यस खेलमा चितवनका सैफ जबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले २० डविड मलानले १७ रन जोडे । मर्चेन्टले ओपनरद्वय दीपक बोहोरा र डविड मलानको विकेट लिए । चितवनका रवि बोपारालाई शुभम रञ्जनेले आउट गराए । 

विराटनगरका प्रतीस जीसी र खर्चिला बलर देखिए । उनले २ ओभर बलिङ गर्दा विकेटरहित रहेर २२ रन खर्चिए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ३७ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर