बोपाराको आक्रामक ब्याटिङमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य « Khabarhub

बोपाराको आक्रामक ब्याटिङमा चितवनले विराटनगरलाई दियो १७५ रनको लक्ष्य


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा चितवन राइनोजका रवि बोपाराको आक्रामक ब्याटिङमा विराटनगर किङ्सले १७५ रनको लक्ष्य पाएको छ । 

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको हो ।

 चितवनले ८ ओभरको दोस्रो बलमा ३ विकेट गुमाएर ६६ रनको अवस्थामा हुँदा बोपारा क्रिजमा गएका थिए । 

उनी अन्तिम ओभरको चौथो बलमा आउट भए । उनले ३८ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ६५ रन जोड्दा ब्याटिङ उकासिएर चितवन ५ विकेटको क्षतिमा १७१ रनको अवस्थामा पुगेको थियो ।

यस इनिङको सर्वाधिक रन जोड्ने बोपाराले यस सिजनमा व्यक्तिगत तेस्रो अर्धशतक प्रहार गरेका छन् । लगातारका तीन खेलमा उनले अर्धशतक हानेका हुन् ।

यस खेलमा चितवनका सैफ जबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले २० डविड मलानले १७ रन जोडे । मर्चेन्टले ओपनरद्वय दीपक बोहोरा र डविड मलानको विकेट लिए । चितवनका रवि बोपारालाई शुभम रञ्जनेले आउट गराए । 

विराटनगरका प्रतीस जीसी र खर्चिला बलर देखिए । उनले २ ओभर बलिङ गर्दा विकेटरहित रहेर २२ रन खर्चिए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ३७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली