एमाले महाधिवेशन सचिवालय बैठक : समितिको प्रतिवेदनमाथि छलफल « Khabarhub

एमाले महाधिवेशन सचिवालय बैठक : समितिको प्रतिवेदनमाथि छलफल


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गठित समितिको प्रतिवेदनमाथि छलफल भएको छ । 

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा महाधिवेशन सचिवालयको आज बसेको बैठकमा समितिले हालसम्म महाधिवेशनको तयारीका सन्दर्भमा गरेको प्रतिवेदनमाथि छलफल गरिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार सबै समितिले महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्यायको छ । एमालेले महाधिवेशन सम्पन्न गर्न विभिन्न  १४ वटा समिति गठन गरेको थियो ।
 
प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकले भक्तपुरको सल्लाघारीस्थित मैदानमा महाधिवेशन उद्‌घाटन कार्यक्रम गर्ने निर्णय गरेको छ । बन्दसत्र भने भृकुटीमण्डपमा हुने छ । 

यसैगरी दोस्रो विधान महाधिवेशनले तय गरेको नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ लाई राष्ट्रिय महाधिवेशनको मुख्य नारा बनाइने निर्णय भएको छ । एमाले महाधिवेशन यही मङ्सिर २७ गतेदेखि २९ गतेसम्म हुँदैछ । 

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ५ : ५३ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक