प्रचण्ड भन्छन् : प्रधानमन्त्री हुने रहर त छैन, देश र जनताले चाहे नाइँ भन्दिनँ « Khabarhub

प्रचण्ड भन्छन् : प्रधानमन्त्री हुने रहर त छैन, देश र जनताले चाहे नाइँ भन्दिनँ


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

धादिङ- नेपाली कम्युनिस्ट पार्टीका पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बन्न आवश्यक नरहेको बताएका छन् ।

जनताको सेवकको रूपमा सधै काम गर्ने उनले जिकिर गरे । बेनिघाट रोराङ गाउँपालिकाको नयाँ प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘तपाईंहरूको सेवाको निम्ति धेरै वर्षदेखि समर्पित जनताको सेवक हुँ। तै पनि यो गाउँपालिकाका अध्यक्ष कृष्ण थपलियाजीले मलाई जुन रुपमा प्रस्तुत गर्नुभयो उहाँको भावना र स्पिरिटलाई म कदर गर्छु र उहाँलाई धन्यवाद भन्न चाहन्छु’, उनले भने ।

समारोहमा पार्टी नेता राजेन्द्र पाण्डेले आगामी निर्वाचनपछि प्रचण्डलाई फेरि प्रधानमन्त्रीको रूपमा देख्न चाहेको बताएपछि संयोजक प्रचण्डले आफूला रहर नभएको बताए ।

‘मलाई अब प्रधानमन्त्री नै भएर मात्रै देशको काम गर्न सकिन्छ भन्ने त लागेको छैन। प्रधानमन्त्री बन्ने त्यस्तो धेरै रुचि र त्यसको निम्ति चाहिँ मरिहत्ते इच्छा पनि छैन। तर देशले माग्यो, जनताले माग्यो भने फेरि जिम्मेवारीबाट पन्छिने पनि मेरो प्रकृति होइन’, उनले भने ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ६ : ०७ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु