विराटनगरको अपराजित यात्रामा ब्रेक, बोपाराको अर्धशतकले चितवन विजयी « Khabarhub

विराटनगरको अपराजित यात्रामा ब्रेक, बोपाराको अर्धशतकले चितवन विजयी


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ । 

सिजनको १२ औं खेलमा बुधबार विराटनगरले चितवन राइनोजसँग ४८ रनको फराकिलो हार सहेको हो ।

 किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर १७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरलाई चितवनले १६ दशमलव ४ ओभरमा १२६ रनमै समेटेको हो । 

विराटनगरले यसअघि जनकपुर बोल्टस्, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससँग लगातार जित निकालेको थियो ।

चितवनको यो तीन खेलमा दोस्रो जित हो । यस टिमले लुम्बिनी लायन्सँग हार र कर्णाली याक्ससँग जित निकालेको थियो ।

ब्याटिङ र बलिङ दुवैमा लय समात्दा चितवनले आजको जित निकालेको हो । 

चितवनका रवि बोपाराले यस खेलमा ६५ रन जोडे । ३८ बल खेल्दा उनले ३ चौका र ४ छक्का प्रहार गरे । उनले ब्याटिङ उकास्दा चितवन १७५ रनको बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो । 

चितवनका सैफ जबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० र डविड मलानले १७ जोडे । 

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका ब्याटरमाथि चितवनका बलर हाबी भए । चितवनका रञ्जित कुमारले पाँच विकेट लिए । उनले विराटनगरका साम हिजलेट, बसिर अहमद, नरेन भट्ट, नारायण जोशी र सूर्य तामाङको विकेट लिएका हुन् ।

कमल ऐरीले २, सैफ जब, कुशल मल्ल, सोहित तानवीरले सामान १–१ विकेट लिए । 

चितवनबाट कप्तान मल्ल खर्चिलो बलर बने । उनले ३ ओभर ५ बल बलिङ गर्दा ४६ रन खर्चिए । सैफ जैब किफयाती बलर बने । उनले ३ ओभर बिलिङ गर्दा एक विकेट लिँदै मात्र १३ रन दिए । 

ब्याटिङतर्फ विराटनगरका ओपनर लोकेश बम ७, जर्ज मुन्से ४ र नरेन भट्ट ४ जोडेर आउट भए । खेल सात ओभरमा पुग्दा विराटनगरले ३९ रनको अवस्थामा सुरुवाती क्रममा ५ ब्याटर गुमाएको थियो । 

विराटनगरबाट सबैभन्दा बढी रन बनाउने मर्चेन्ट डे लाङ्गे हुन् । सात विकेट गुमेपछि क्रिजमा गएका उनले २२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ३९ रन जोडे । 

८ विकेट गुमेपछि क्रिजमा गएका प्रतिशत जीसीले ३० रन जोडे । उनले १२ बलमा २ चौका र ३ छक्का प्रहार गरे । साम हिजलेटले ११ बलमा ३ छक्काको सहयोगमा २२ रन जोडे । अन्यको ब्याटिङ खराब रह्यो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : १२ बजे

भारतको अनुदानमा १४ वटा विद्यालय पुनर्निर्माणका लागि सम्झौता

काठमाडौं- भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका विभिन्न जिल्लामा १४ वटा

सेवा विस्तार गर्दै कोशी अस्पताल

विराटनगर– कोशी अस्पतालले सेवा सुधार र विस्तारमा फड्को मारेको छ

बंगलादेशमा डोनाल्ड ट्रम्प भैँसीको बलि रोकियो, अब चिडियाखानामा राखिने

ढाका- बंगलादेशमा ‘डोनाल्ड ट्रम्प’ नाम राखिएको एउटा भैँसीको विषय सामाजिक

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौं- जीवन बिमा शुल्कमार्फत एक खर्ब २७ अर्ब ६९ करोड

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौं– स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १० दशमलव