विराटनगरको अपराजित यात्रामा ब्रेक, बोपाराको अर्धशतकले चितवन विजयी « Khabarhub

विराटनगरको अपराजित यात्रामा ब्रेक, बोपाराको अर्धशतकले चितवन विजयी


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन २ मा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किङ्सको अपराजित यात्रालाई चितवन राइनोजले रोकेको छ । 

सिजनको १२ औं खेलमा बुधबार विराटनगरले चितवन राइनोजसँग ४८ रनको फराकिलो हार सहेको हो ।

 किर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर १७५ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको विराटनगरलाई चितवनले १६ दशमलव ४ ओभरमा १२६ रनमै समेटेको हो । 

विराटनगरले यसअघि जनकपुर बोल्टस्, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससँग लगातार जित निकालेको थियो ।

चितवनको यो तीन खेलमा दोस्रो जित हो । यस टिमले लुम्बिनी लायन्सँग हार र कर्णाली याक्ससँग जित निकालेको थियो ।

ब्याटिङ र बलिङ दुवैमा लय समात्दा चितवनले आजको जित निकालेको हो । 

चितवनका रवि बोपाराले यस खेलमा ६५ रन जोडे । ३८ बल खेल्दा उनले ३ चौका र ४ छक्का प्रहार गरे । उनले ब्याटिङ उकास्दा चितवन १७५ रनको बलियो लक्ष्य प्रस्तुत गर्न सफल भएको हो । 

चितवनका सैफ जबले ३२, देव खनालले २८, कप्तान कुशल मल्लले अविजित २० र डविड मलानले १७ जोडे । 

जवाफी ब्याटिङमा उत्रिएको विराटनगरका ब्याटरमाथि चितवनका बलर हाबी भए । चितवनका रञ्जित कुमारले पाँच विकेट लिए । उनले विराटनगरका साम हिजलेट, बसिर अहमद, नरेन भट्ट, नारायण जोशी र सूर्य तामाङको विकेट लिएका हुन् ।

कमल ऐरीले २, सैफ जब, कुशल मल्ल, सोहित तानवीरले सामान १–१ विकेट लिए । 

चितवनबाट कप्तान मल्ल खर्चिलो बलर बने । उनले ३ ओभर ५ बल बलिङ गर्दा ४६ रन खर्चिए । सैफ जैब किफयाती बलर बने । उनले ३ ओभर बिलिङ गर्दा एक विकेट लिँदै मात्र १३ रन दिए । 

ब्याटिङतर्फ विराटनगरका ओपनर लोकेश बम ७, जर्ज मुन्से ४ र नरेन भट्ट ४ जोडेर आउट भए । खेल सात ओभरमा पुग्दा विराटनगरले ३९ रनको अवस्थामा सुरुवाती क्रममा ५ ब्याटर गुमाएको थियो । 

विराटनगरबाट सबैभन्दा बढी रन बनाउने मर्चेन्ट डे लाङ्गे हुन् । सात विकेट गुमेपछि क्रिजमा गएका उनले २२ बलमा ३ चौका र ४ छक्काको सहयोगमा ३९ रन जोडे । 

८ विकेट गुमेपछि क्रिजमा गएका प्रतिशत जीसीले ३० रन जोडे । उनले १२ बलमा २ चौका र ३ छक्का प्रहार गरे । साम हिजलेटले ११ बलमा ३ छक्काको सहयोगमा २२ रन जोडे । अन्यको ब्याटिङ खराब रह्यो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : १२ बजे

भ्रष्टाचार मुद्दामा नौ वर्ष जेल सजाय सुनाइएका बद्री न्यौपानेलाई पार्टीमा भित्र्याए प्रचण्डले

काठमाडौं- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका चुरे भावर राष्ट्रिय पार्टीका

प्रधानमन्त्री कार्कीद्वारा काठमाडौं-तराई मधेश द्रुतमार्गको निरीक्षण

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना

उत्तर कोरियाको समुद्रतर्फ अज्ञात क्षेपास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले मंगलबार समुद्रतर्फ अज्ञात प्रकारको क्षेपास्त्र प्रक्षेपण गरेको

राष्ट्रियसभा : निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

मोरङ– बुढिगंगा गाउँपालिका-४ नेमुवा चोकस्थित सडकमा दुहबीबाट विराटनगरतर्फ आउँदै गरेको को.८ प