मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित « Khabarhub

मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोली इन्डोनेसियासँग पराजित भएको छ । बुधबार साँझ भएको खेलमा इन्डोनेसियासँग नेपाल २–१ ले पराजित भएको हो ।

यसअघि सन् २०१९ मा भएको प्रतिस्पर्धामा नेपालले इन्डोनेसियालाई २–१ गोल अन्तरले हराएको थियो । नेपालको आजको खेलमा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ बिना नै मैदान उत्रिएको थियो ।सावित्राको अनुपस्थितिमा नेपाली टिमको कप्तानी अञ्जिला तुम्बापो सुब्बाले गरेकी थिइन् ।

खेलको २० औं इन्डोनेसियाले आत्मघाती गोल गर्दा नेपालले एक गोल उपहार पाएको थियो । अनिता बस्नेतले प्रहार गरेको कर्नर बललाई डिफेन्डर विमला विकले हेडर गरेकी थिइन् । उक्त हेडर रोक्ने क्रममा इन्डोनेसियाकी डिफेन्डरले आफ्नै पोष्टमा गोल गरेकी थिइन् ।

पहिलो हाफमा १–० लेपछि परेको इन्डोनेसियाले दोस्रो हाममा शानदार कमब्याक गर्यो । खेलको ५८ औं मिनेटमा इन्डोनेसियाले नेपालको पोष्टमा पहिलो गोल गरेको थियो । त्यस्तै खेलको ६७ औं मिनेटमा इन्डोनेसियाले दोस्रो गोल थपेको हो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : १९ बजे

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया

किसानलाई धान थन्क्याउने चटारो

भोजपुर- पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर

दशौँ राष्ट्रिय खेलकुदलाई स्वागत गर्न तयार सुर्खेतको १० हजार दर्शक क्षमताको रंगशाला

सुर्खेत – पटक–पटक मिति सर्दै अन्योलमा परेको दशौँ राष्ट्रिय खेलकुद

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी– म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका छन्