हङकङमा भीषण आगलागी, १३ जनाको मृत्यु « Khabarhub

हङकङमा भीषण आगलागी, १३ जनाको मृत्यु


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हङकङको ताई पो क्षेत्रस्थित एक आवासीय क्षेत्रमा भीषण आगलागी भएको छ। थुप्रै भवनहरूमा एकसाथ आगो लागेको र धुवाँको मुस्लो उठेको तस्बिरहरूमा देखिएको छ।

समाचार एजेन्सी रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले हङकङको वाङ फुक कोर्ट हाउजिङ कम्प्लेक्समा आगलागी भएको जनाएको छ। कम्लेक्सका ८ ब्लकमा कुल २ हजार फ्ल्याट रहेको समाचारमा जनाइएको छ।

हङकङ सरकारका अनुसार स्थानीय समयअनुसार २ बजेर ५१ मिनेट जाँदा आगलागी सुरु भएको थियो। त्यसलगत्तै अग्निनियन्त्रकहरू खटिएका थिए।

बीबीसीका अनुसार आगलागीका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ। त्यस्तै २८ जना घाइते भएका छन्। मृत्यु भएकामध्ये एक जना अग्निनियन्त्रक पनि छन्।

आगलागी नियन्त्रणमा लिगनका लागि साढे ७ सयभन्दा बढी अग्निनियन्त्रकहरू खटिएका छन्। केही व्यक्तिहरू अझै आगलागीमा फसेका अनुमान गरिएको छ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ८ : ४३ बजे

टेलिकमले दियो डेटा सकिएपछि ब्यालेन्स नकाटिने सुविधा: कसरी प्रयोग गर्ने ?

काठमाडौँ– नेपाल टेलिकमले मोबाइल डेटा प्याकेज सकिएपछि स्वतः मेन ब्यालेन्स

प्रधानमन्त्री शाहले आज विदेशी राजदूतसँग सामूहिक भेटवार्ता गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालस्थित विदेशी राजदूतहरुसँग एकसाथ भेटवार्ता

कांग्रेसले आजदेखि निर्वाचन क्षेत्रको समीक्षात्मक कार्यक्रम सुरु गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रको समीक्षात्मक

आज सिँचाइ दिवस मनाइँदै, अझै कृषि योग्य जमिनमा सुविधा पुर्‍याउन चुनौती

काठमाडौँ– सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस

नेपालमा विदेशी फिल्मको रजगज, व्यापार र संख्या दुवैमा एकलौटी

काठमाडौँ– २०८२ सालमा नेपाली हलहरूमा स्वदेशीभन्दा विदेशी फिल्म बढी प्रदर्शनमा