व्यावसायिक सीपमार्फत युवालाई आत्मनिर्भर बनाउँदै गण्डकी प्रदेश « Khabarhub

व्यावसायिक सीपमार्फत युवालाई आत्मनिर्भर बनाउँदै गण्डकी प्रदेश


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेश सरकारले व्यावसायिक सीपका माध्यमबाट युवालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न सीपमूलक तालिम सुरु गरेको छ ।

गण्डकी प्रदेशका युवालाई आत्मनिर्भर, उद्यमशील र व्यावसायिक रूपमा सशक्त बनाउन लक्षित तीन महिनाको ९३९० कार्यघण्टा० विभिन्न सीपमूलक तालिम कार्यक्रम सञ्चालन गरिएको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र कास्कीका प्रमुख अनिल सुवेदीले जानकारी दिए । उनका अनुसार केन्द्रले विभिन्न १३ शीर्षकमा तालिम सञ्चालन गर्न लागेको हो ।

तालिममा सहभागी हुनका लागि एक हजार तीन सय ५५ जनाले फाराम भरेकामध्ये २९९ जनालाई यसपटक छनोट गरिएको छ । प्रशिक्षार्थीलाई दैनिक रु ७५ खाजा खर्च उपलब्ध गराइने र दैनिक पाँच घण्टा तालिम सञ्चालन हुने उहाँले जानकारी दिए ।

यसपटक प्रदान गर्न लागिएका तालिममा कुक, कपाल काट्ने (सैलुन), आधारभूत केश–शङ्गार (ब्युटीपार्लर), विद्युत् जडान, प्लम्बिङ, मोबाइल मर्मत, आधारभूत कम्प्युटर, सिलाइकटाइ बुटिक डिजाइन, मोटरसाइकल मर्मत, अटोमोबाइल, मन्टेश्वरी शिक्षा लगायतका सीप समावेश रहेको केन्द्रले जनाएको छ ।

यसैबीच तालिमको एक कार्यक्रमका बीच आज उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले युवालाई सीपमार्फत रोजगारी, व्यावसायिक अवसर र आत्मविश्वास जोड्ने यो पहल ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे ।

“सीप सिकेर सानो कोही हुँदैन, सम्मानकासाथ सिक्न आवश्यक छ”, उनले भने, “श्रमको सम्मान गर्दै नेपालमै बसेर उद्यमी बन्न सबैलाई आग्रह गर्दछु ।” तालिम लिएर उद्यम सुरु गर्न चाहनेका लागि प्रदेश सरकारले बीउ पुँजी (सीड मनी)का लागि बजेट व्यवस्था गरेको बताउँदै उहाँले बैंकसँग समन्वय गरेर ५० प्रतिशत प्रदेश सरकार र ५० प्रतिशत लगानीकर्ताद्वारा उद्यम स्थापना गर्न सकिने जानकारी दिए ।

सरकारले प्रशिक्षार्थीको अवस्थाको निरन्तर अनुगमन गर्ने उहाँले बताउनुुभयो । गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका प्रमुख डा सोमनाथ सापकोटाले सीपको बढ्दो महत्व र व्यवसायिक शिक्षाको आवश्यकतामाथि जोड दिए ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ९ : ०९ बजे

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना

देशको आर्थिक विकासका निम्ति निजी क्षेत्रलाई समेट्नुपर्छ : मनिष झा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले सामाजिक न्यायसहित मुलुकको