साततले दरबार र तलेजु मन्दिरको पुनःनिर्माण सुरु « Khabarhub

साततले दरबार र तलेजु मन्दिरको पुनःनिर्माण सुरु


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – नुवाकोटको ऐतिहासिक तुलजा भवानीको मन्दिर (तलेजु) र साततले दरबारको पुनःनिर्माण आजदेखि औपचारिक थालनी गरिएको छ ।

तलेजु र साततले दरबारको भूकम्पले क्षतिग्रस्त बनेका संरचना हटाई नयाँ निर्माण प्रारम्भ गर्नुअघि जग सतहको आज पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गसहित सरोकारवालाबाट ‘भूमिको क्षमा पूजा’ गरेर पुनःनिर्माण कार्य प्रारम्भ गरिएको हो ।

विसंं २०७२ वैशाख १२ को गोरखा भूकम्पले क्षति पु¥याएको तलेजु मन्दिरको संरचना पूर्ण रूपमा हटाई जग निर्माण थालिएको छ भने दरबारको सात तलामध्ये पाचौँ तलासम्म हटाइएको छ । प्राविधिक अध्ययनअनुसार थप संरचना हटाउँदै लगिने पुरातत्व विभागका महानिर्देशक प्रधानाङ्गले जानकारी दिए ।

उनको अनुसार नेपाल सरकार (पुरातत्व विभाग) सँग भएको सम्झौताअनुसार निर्माणको जिम्मेवारी लिएको ‘चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज’ले पहिलो चरणमा ती दुई संरचनाको निर्माणका लागि जगसतहको निर्माण थालिएको विभागका महानिर्देशक प्रधानाङ्गले जानकारी दिए । पुनःनिर्माण कार्य प्रारम्भमा विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठसहित जिल्लास्थित विभिन्न कार्यालयका प्रमुख एवं सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

दश वर्षअघि गएको भूकम्पले क्षति पु¥याएको साततले दरबारसहितको संरचना निर्माणको कार्य ढिलो भएरसँगै अन्योल रहेको पुनःनिर्माणले अब थप तीव्रता पाउने विदुरका प्रमुख श्रेष्ठले विश्वास व्यक्त गरे । दरबार पुनःनिर्माणका लागि चिनियाँ प्राविधिकको मागअनुसार विदुर नगरपालिकाले पानी, विद्युत् आपूर्ति, भण्डारणस्थल, पहुँचमार्गको निर्माणमा सहयोग पु¥याएको छ ।

भूकम्पपछिको पुनःनिर्माण सहयोगअन्तर्गत चीन सरकारसँग विसंं २०७६ जेठमा भएको सहमतिअनुसार भूकम्पले क्षति पुगेका यहाँका आठ वटा धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्त्वका संरचना चीन सरकारले निर्माण गर्ने उल्लेख छ । त्यसका लागि चिनियाँ कम्पनीले ४५ महिनाभित्रै काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, काम सुरु नहुँदै निर्धारित समय सकिएकाले नयाँ सम्झौतामा सोही अवधि नै निर्धारण गरिएको छ । पहिलो चरणमा एक वर्षभित्र तलेजु मन्दिर र साततले दरबारको निर्माण सम्पन्न गर्ने र बाँकी संरचनाको पुनःनिर्माण दोस्रो चरणमा गर्ने समझदारी भएको छ ।

सोहीअनुसार दरबार परिसरमा रहेका गारदघर, रङ्गमहल, विष्णु र नारायण मन्दिर, भैरवीदेवी मन्दिर परिसरका लामपाटी र शीतलपाटीलाई दोस्रो चरणमा निर्माण गर्ने उल्लेख छ ।तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमाथि विसं १८०१ मा विजय गरेपश्चात् साततले दरबारको निर्माण गर्न लगाएको पाइन्छ । काठमाडौँ उपत्यकामाथि विजयी हुनुअघिसम्म सोही दरबारबाट प्रशासनिक कामकाज सञ्चालन गरेका थिए । उक्त दरबारलाई नेपालमा गणतन्त्र स्थापना भएसँगै ‘नुवाकोट दरबार सङ्ग्रहालय’मा परिणत गरेर सर्वसाधारणका लागि खुला गरिएको थियो ।

पृथ्वीनारायण शाहले तत्कालीन समयमा प्रयोग गरेको लत्ताकपडा, पलङ, ओछ्यान, युद्धकौशलका सामग्री, पृथ्वीनारायण शाहसहित दुई रानीका प्रतिमालगायतका पुरातात्विक सामग्रीसहितको साततले दरबारलाई विश्व सम्पदा सूचीमा प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ९ : ३८ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर